राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न
![](https://snowberry.prixacdn.net/media/gallery_folder/election_4i3KkcfRAU_5sinivljhb1luwmrd1oc2tkwzeudwbdimqi7umykedi4lyyhakmka5jmkxb6.jpg)
काठमाडौँ / निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आगामी माघ ९ गते निर्वाचन हुँदैछ । आयोेगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्य, नेपाली काँग्रेस रुख, समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिह्न प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) हलो, राष्ट्रिय जनमोर्चा गिलास, नेपाल मजदुर किसान पार्टी मादल, नेपाल सङ्घीय समाजवादी पार्टी बस, नेपाली जनता दलले गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी ट्र्याक्टर निर्वाचन चिह्नले प्राप्त गरेका आयोगले जनाएको छ ।
यसैबीच आयोगले उक्त निर्वाचनको सन्दर्भमा सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ । आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिनुभएको छ ।
त्यस्तै जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको छ । न्याय परिषद्को परामर्शमा आयोगले उहाँहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
![एसईईको नतिजा सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/NEB-National-Examination-Board1674873428_PSyosCXxw4_xtositvjzlmdcqpsjrw6s38c1ibmchxtdmpusyyimqiireshtdogkhmthnpd.jpeg)
एसईईको नतिजा सार्वजनिक
![विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/PM_Prachand2023-07-06-02-42-24_P5fC6DyBKt_ipqgdxaawwxwpjsg5kvgv9nnniyuotqegtiwwyo4jitf8fk1qldfsqpzzv9y.jpeg)
विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री
![एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/NEB-National-Examination-Board1674873428_lJuJr12Q0W_7owqzv6diwa0z5ixua4j4ah19mu58rup7pwyxdfv1ajlsnej8hxjkhk4fa3k.jpeg)
एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै
![प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/UML-Rastriya-sabha-abarodh_II6V0SZ8aF_vbijnlplddai9x0do5yvvm8byhc6zzupjivm0gxnepdabwkolzhobnazyvs7.jpg)
प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध
![प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन](https://snowberry.prixacdn.net/media/gallery_folder/355987375_262929189760441_225062056348601929_n.jpg_q0U93hHcze_j4lvubqiw0qsr4feqwm0cira1ujs9f7y8x7zxv7wcwatjs090kanoa8btrxi.jpg)
प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन
![मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना](https://snowberry.prixacdn.net/media/gallery_folder/Weather-rain_hXZWavARm2_rigrshygj0g0v4v31hvzev7e4jh70unhhkulbiexrjpgnqspvcreyjiuslar.jpeg)
मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना
![ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/balen-shah_05DCK5T72k_tsrehjuzmtqrwv5t3aasirfhc9dtpizfwhxvnveyb3xn9qsiuxmij00mwqo3.jpg)
ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन
![पार्टीको नीति अधिवेशनले चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्छः गगन थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/gagan-thapa2023-01-14-04-58-14_6SN7RC5avI_zw8wef1mdirgqd9dlltav4a0aokecofaxfbckzbitgea3fwls2s0gqel3gtj.jpeg)
प्रतिक्रिया