लागुऔषधको जालो तोड्न झापा प्रहरी सक्रिय : हालसम्मकै ठूलो परिमाणमा खैरो हिरोइन बरामद, ६ महिला सहित १३१ जना पक्रउ

झापा / अपराध नियन्त्रणमा आक्रमक तरिकाले कामलाई अगाडि बढाएको झापा प्रहरीले जिल्लामै पहिलो पटक ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित दुई ब्यक्तिलाई पक्राउ गरेको छ । लागु औषधको जालो तोड्न प्रहरीले अभियान नै सञ्चालन गरेको जनाएको छ । प्रहरीले गौरादह–३ धोबिनिया चोकबाट सोही ठाँउ बस्ने ३२ वर्षीय सुनिल बराललाई हर्लिक्सको बट्टामा लुकाएर लैजादै गरेकोअवस्थामा तीन सय ५२ ग्राम ३१ मिलिग्राम प्रतिबन्धित लागुऔषध खैरो हिरोइन सहित एउटा मोबाइल,बा ८१ प ६२४० नम्बरको स्कुटर र बा ३ च ९२५५ नम्बरको कार बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

प्रहरीले गौरादहमा बराललाई पक्राउ गरेलगत्तै सोही दिन दमक नगरपालिका–४ स्थित मान्जा होटल एण्ड लजको कोठ नम्बर–१०१ बाट भारतको मुरसीदावाद जिल्लाको थाना लालगोला पोष्ट बासघरा ग्राम दक्षिण नोतिबोपाशका २७ वर्षीय टुटुल भनिने रिन्टु सेखलाई दुई सय १७ ग्राम ६७ मिलिग्राम प्रतिबन्धित लागुऔषध खैरो हिरोइन सहित एक थान मोबाइलका साथै १३ हजार नेपाली नोट बरामद गरेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए ।

प्रहरीले गत काक्तिक २५ गते नै पक्राउ गरेपनि अनुन्धान नसकिएकाले बिहीबार दमकमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । प्रहरीले गत वैशाखदेखि हालसम्म १२५ जना पुुरुष र ६ जना महिलालाई पक्राउ गरेको छ । प्रहरीले ८७ वटा मुद्धना दर्ता गरिसकेको जनाएइएको छ । एक जना लागुऔषध कारोबारी भने अझै फरार रहेकाले उनको खोजी तिब्र बनाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गृहमन्त्रालयको तथ्याङ्कमा झापा लागुऔषध कारोबारी तथा प्रयोगकर्ताको हिसाबमा पाँचौं नम्बरमा रहेको छ । खुल्ला सिमानाकोफाइदा उठाउदैं लागु औषध कारोबारीले विभिन्न स्थानबाट नेपालमा लागुऔषध भित्र्याउने गरेको प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । लागु औषध नियन्त्रण ऐन, २०३३ का अनुसार लागु औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएका प्रकृतिक तथा कृतिम लागुऔषध बुझिने प्रहरीले जनाएको छ ।

नेपालको कानुन अनुसार लागु पदार्थको अबैध ओसार पसार, संचय तथा प्रयोग गर्न बन्देज लगाएको छ । लागु औषधको दुरुपयोको समस्या दिनानुदिन बढीरहेकाले झापा प्रहरी आक्रमक शैलीमा लागु औषध कारोबारी पक्राउ गर्न थालेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।

प्रहरीले यसअघि बिर्तामोडबाट भदौ ५, १० र ११ गते प्रतिबन्धित खैरो हिरोइन (ब्राउन सुगर) सहित विभिन्न ब्यक्तिलाई पक्राउ गरेको थियो । बिशेष गरेर किशोर किशोरी अथवा बिद्यालयका बिद्यार्थीहरु बढि यसवाट प्रभाबित हुन पुगेको भन्दै प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्र्तगर विभिन्न विद्यालयमा लागुऔषध विरुद्ध विभिन्न सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको जनाइएको छ ।

दमकमा लागु औषध प्रयोग कर्ता समेत उच्च रहेको भनदै यस क्षेत्रमा निगरानी बढाएसंगै धमााधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (डीएसपी विनयराज पण्डितले जानकारी दिए । गौरादह र दमबबाट पक्राउ परेका लागुऔषध कारोबारीलाई लागु औषध ऐन २०३३ बमोजिम १५ देखि २५ वषै कैद वा जन्म कैद तथा सम्पत्ति जफत वा दुवैसजाय हुन सकने प्रहरीले जनाएको छ । जिल्लाका शहरी क्षेत्रमा लागु औषध प्रयोगकर्ता धेरैरहेको भन्दै प्रहरीले विभिन्न सचेतना मुलक कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ । प्रयोग कर्तालाई सचेतना मुलक कार्यक्रम सहित सचेत गराउने, विभिन्न सुधार केन्द्र पठाउने काम गर्नुका साथै कारोबारीलाई पक्राउ गरेर लागुऔषध मुक्त जिल्ला बनाउन प्रहरी लागि परेको जनाइएको छ ।

लागु औषध कारोबारीको सञ्जाल निकै ठूलो रहेको भन्दै प्रहरीले कांकरभिट्टा, बिर्तामोड, दमकका साथै विभिन्न क्षेत्रमा निगरानी बढाएको जनाएको छ । विद्यार्थीलाई सचेतना मुलक कार्यक्रम गरेर सचेत गराउदैं लागुऔषध र्दुब्यसनी घटना आफूहरु लागेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए ।

युवा उमेरमा जोखिम

लागुऔषधको र्दुब्यसनमा युवायुवती बढी जोखिममा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार किशोरावस्थामा नै कुलतमा फस्ने गरेका छन् । झापाका शहरी क्षेत्रमा युवायुवती बढी र्दुब्यसनमा फसेको पाइएको छ ।

साथीसंगत र बेराजगारका साथै देखासेखी गर्ने प्रवृत्तिका कारण पनि युवापुस्ता जोखिममा रहेको प्रहरी उपरीक्षक मैनालीले बताए । झापाका शहरी क्षेत्र कांकरभिट्टा, धुलाबारी, चारआली, बुधबारे, बिर्तामोड, भद्रपुर, दमक लगायतका क्षेत्रमा लागुऔषध प्रयोगकर्ता बढी हुन सक्ने प्रहरीले जनाएको छ ।

लागु औषध सेवनबाट कस्तो असरहरु देखा पर्छ ?

लागु पदार्थको कुलतमा फस्ने व्यक्तिहरु एकान्त वस्न मन पराउने, नियमित कृयाकलाप बाट भाग्न खोज्ने, कारणविना रिसाइरहने, दैनिक कार्यमा विनासुचना अनुपस्थित भैरहनु, राम्रो कुरा सुन्न नचाहने, पैसाको हिसाब किताब नदेखाउनु, पैसा सामान चोरी हुदै जानु, कम वोल्ने, झुटो बोल्ने,आखाँ जुधाएर कुरा नगर्ने जस्ता असरहरु देखा पर्ने चिकित्सकहरुको भनाई छ ।

यसका जोखिमहरु

लागुऔषध प्रयोग कर्ताहरुमा मानसिक रोगको प्रभाब पर्ने, आत्तिने, मतिभ्रम हुने, कुपोषण जस्तो देखिने, तौल घट्दै जाने,स्मरण शक्ति कम हुदैं जाने महिलामा महिनावारी गडबढ हुने, ग्यास्टीक, अल्सर जस्ता रोग लाग्ने, क्षयरोग एचआइभी., एड्स तथा हेपटाइटिस जस्तो रोग लागेर मृत्यु समेत हुन सक्ने जनाइएको छ ।

कसरी बच्न र बचाउन सकिन्छ ?

छोराछोरीको स्कूलले समय बाहेक जाने ठाउँ र साथी संगत गर्ने साथीहरको जानकारी राख्नु पर्ने प्रहरीलेजनाएको छ । बच्चाहरुलाई अध्ययनको साथै सामाजिक, सांस्कृतिक तथा अन्य काममा पनि ब्यस्त राख्ने, खराब संगतबाट टाढा राख्ने, लागु पदार्थ र त्यसको असरबारे बिद्यालय तथा परिवारले बुझ्ने र बुझाउने, लागु पदार्थ दुव्र्यसेवनमा लागिसकेका लाई उपचार तथा पुर्नस्थापना केन्द्रमा पठाउने व्यबस्था गर्ने,लागु पदार्थको कारोबारीलाई कानुनको कठघरामा उभ्याउन नागरिक समाजलाई सकृय बनाउनु पर्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित