महरासँग थुनछेक बहस सुरु, यस्ताे हुन सक्छ अदालतकाे फैसला

काठमाडौँ / निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । जबरजस्ती करणी प्रयासको अभियोगमा पक्राउ परेका महराको आइतबार बिहान ११ बजेबाट काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको हो । महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । गत शुक्रबार उनीलाई न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासले बयान लिएको थियो ।थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ ।

प्रतिक्रिया

सम्बन्धित