प्रधानमन्त्री ओली फेरी ग्रान्डी अस्पतालमा, विकल्पमा डायलासिस वा प्रत्यारोपण

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आइतबार डायलासिसका लागि फेरी ग्रान्डी अस्पताल जाँदैछन् । तेस्रो पटक डायलासिस गराउन ओली अस्पताल जान लागेका हुन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका उनको बुधबार र बिहीबार आकस्मिक रूपमा ग्रान्डी अस्पतालमै डायलासिस गरिएको थियो। नेकपाको शनिबार बसेको सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै प्रचारमा आएजस्तो आफू सिकिस्त बिरामी नभएको स्पष्ट पारेका थिए ।

उनले आफ्नो मिर्गौलाले काम नगरेकाले नियमित डायलासिस गर्नुपर्ने अवस्था आएको बताए । ओलीको स्वास्थ्यमा समस्या आइरहेकाले अब नियमित डायलासिस वा मिर्गौला प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी ओलीले बैठकमा गराएको स्रोतले बतायो । उनले आइतबार नै मन्त्रिपरिषद्को बैठक डाकेका छन् । प्रधानमन्त्री डायलासिसका लागि ग्रान्डी अस्पताल जान लागेको र फर्किएपछि मन्त्रिपरिषद बैठक गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाकार कुन्दन अर्यालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित