झापाको बुद्धशान्तिमा हात्ती धपाउन थापीएको नाङ्गो तारमा करेन्ट लागेर २ जनाको मृत्यु

झापा / झापामा हात्ती धपाउन थापीएको नाङ्गो तारमा करेन्ट लागेर २ जनाको मृत्यु भएकाे छ । झापाको बुद्ध शान्ति गाउँपालिका-४ स्थित नवज्योति सामुदायिक वन भित्र रहेको पानीको खोल्सिमा हात्ती धपाउन थापेको नाङ्गो बिजुलीको तारमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हाे । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष १८ को अभिनास राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका-५ घर भई बुद्ध शान्ति गाउँपालिका-४ स्थित पेरीश राईको घरमा पाहुना आएका बर्ष ३८ को मणिराम राई रहेकाे प्रहरीले जनाएकाे छ ।

घटनाबारेमा स्थानीयवासीले आज बिहान ७ बजेको ईलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी अाएकाे र घटनास्थलमा तत्काल प्रहरीको टोली परिचालन भएकाे र घटना बारे थप अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित