काङ्ग्रेसमा उम्मेदवार चयनको अधिकार पदाधिकारीलाई
![](https://snowberry.prixacdn.net/media/gallery_folder/congress-party-office-sanepa_qf5cnE93RI_jdifhcs92zmecqbbqr1zwcq04fxbypnilbwptqeripcb3uhrk4frjq3r0qav.jpg)
काठमान्डाै / नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न पार्टीको विधानअनुसार पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उपनिर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सदस्य पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न र पार्टीको विधानअनुसार कार्य सम्पादन गर्न पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो ।
काङ्ग्रेसको विधानअनुसार हाल संसदीय समिति गठन नभएकाले संसदीय समितिले गर्ने कामको अधिकार पदाधिकारीलाई प्रत्यायोजन गरिएको हो । बैठकले पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई समेत पदाधिकारी बैठकमा सामेल गराई निर्णय गराउने प्र्रस्ताव सर्वसम्मतिले पारित गरिएको थियो ।
यसैगरी उपनिर्वाचन अन्तर्गत सुनसरीको उप–महानगरपालिकाको प्रमुख पदका लागि काङ्ग्रेस सुनसरी जिल्ला कार्यसमितिबाट सर्वसम्मत् रुपमा तिलक राईको नाम सिफारिस भई आएकाले उक्त नामलाई अनुमोदन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यही कात्तिक १७ गते अपरान्ह ३ः०० बजे बस्ने पार्टीको केन्द्रीय समिति बैठकले उपनिर्वाचनका लागि पार्टीका सबै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने उहाँले बताउनुभयो ।
पार्टी सभापति देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री डा शशाङ्क कोइरालाले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, एनपी साउद र महेन्द्र यादवले आ–आफ्नो धारणा राख्नुभएको थियो । यसैगरी बैठकले तराई–मधेशलगायत देशभरी नै विशेष उत्साहसाथ मनाइने छठपर्वको हार्दिकता, प्रेम र विश्वास अभिवृद्धिको कामना साथ समस्त नेपाली दिदीबहिनी दाजुभाइमा शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।
![एसईईको नतिजा सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/NEB-National-Examination-Board1674873428_PSyosCXxw4_xtositvjzlmdcqpsjrw6s38c1ibmchxtdmpusyyimqiireshtdogkhmthnpd.jpeg)
एसईईको नतिजा सार्वजनिक
![विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/PM_Prachand2023-07-06-02-42-24_P5fC6DyBKt_ipqgdxaawwxwpjsg5kvgv9nnniyuotqegtiwwyo4jitf8fk1qldfsqpzzv9y.jpeg)
विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री
![एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/NEB-National-Examination-Board1674873428_lJuJr12Q0W_7owqzv6diwa0z5ixua4j4ah19mu58rup7pwyxdfv1ajlsnej8hxjkhk4fa3k.jpeg)
एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै
![प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/UML-Rastriya-sabha-abarodh_II6V0SZ8aF_vbijnlplddai9x0do5yvvm8byhc6zzupjivm0gxnepdabwkolzhobnazyvs7.jpg)
प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध
![प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन](https://snowberry.prixacdn.net/media/gallery_folder/355987375_262929189760441_225062056348601929_n.jpg_q0U93hHcze_j4lvubqiw0qsr4feqwm0cira1ujs9f7y8x7zxv7wcwatjs090kanoa8btrxi.jpg)
प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन
![मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना](https://snowberry.prixacdn.net/media/gallery_folder/Weather-rain_hXZWavARm2_rigrshygj0g0v4v31hvzev7e4jh70unhhkulbiexrjpgnqspvcreyjiuslar.jpeg)
मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना
![ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/balen-shah_05DCK5T72k_tsrehjuzmtqrwv5t3aasirfhc9dtpizfwhxvnveyb3xn9qsiuxmij00mwqo3.jpg)
ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन
![पार्टीको नीति अधिवेशनले चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्छः गगन थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/gagan-thapa2023-01-14-04-58-14_6SN7RC5avI_zw8wef1mdirgqd9dlltav4a0aokecofaxfbckzbitgea3fwls2s0gqel3gtj.jpeg)
प्रतिक्रिया