सांसद राजेन्द्र गौतमको डेरामा दिउँसै चोरी

काठमाडौं / सांसद राजेन्द्र गौतमको डेरामा चोरी भएको छ । सांसद गौतमको घरको मूल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको हाे । प्रहरीका अनुसार बुधबार दिउँसो दुईदेखि चार बजेको बीचमा चोरी भएको हाे ।

गौतमका अनुसार अढाइ तोला सुनका गहना, चाँदीको थाली र १ लाख ५ हजार नगद चोरी भएको छ । संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गौतमको काठमाडौं महानगरपालिका वडा नं १० देवीनगरस्थित डेरामा बस्दै अाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित