आजको  राशिफल / वि.सं. २०७६ श्रावण १८ गते शनिबार

वि.सं. २०७६ श्रावण १८ गते शनिबार तदनुसार ई. सं. २०१९ अगस्ट ०३ तारिख, रिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु. आजको चाडपर्व र उत्सव : वराह जयन्ती, तराइ भेगमा श्रीकृष्णको झूला उत्सव प्रारम्भ. श्रावण शुक्लपक्ष (गुँलाथ्व) तृतीया तिथि, मध्यरात्रीपछि ०१:४४ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, मघा नक्षत्र, बिहान १०:२१ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), वरीयान् योग, दिउँसो ११:३१ बजेसम्म, त्यसपछि परिघ योग, सुरुमा तैतिल करण दिउँसो ०२:५९ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०१:४४ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : पद्म, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व,  काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:२८ बजे, सूर्यास्त : साँझ ०६:५१ बजे, दिनमान : ३३ घडी २८ पला (१३ घण्टा २३ मिनेट, रात्रीमान : २६ घडी ३२ पला (१० घण्टा ३७ मिनेट)

आजका लागि अशुभ समय :–

राहु काल : बिहान ०८:४८ देखि १०:२९ सम्म, यमघण्ट : दिउँसो ०१:५० देखि ०३:३० सम्म, गुलिक काल : बिहान ०५:२८ देखि ०७:०८ सम्म, काल वारवेला : बिहान ०५:२८ देखि ०७:०८ सम्म र साँझ ०५:१० देखि ०८:१० सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

शुभ वारवेला : बिहान ०७:०८ देखि ०८:४८ सम्म, अमृत वारवेला : दिउँसो ०३:३० देखि ०५:१० सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आज बुद्धिक्षेत्रमा बलियो चन्द्रमाको उपस्थिति छ । त्यसैले बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । खासगरी विद्यार्थीहरूले रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अध्ययनमा प्रगति हुनेछ । अन्य सबैले समेत आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । गृहस्थीजनले सन्ततिको वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । भाइबहिनीको क्रियाकलापले सन्तुष्ट भइने छ ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : सूर्यदेव

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने

के नगर्ने : अल्छी र अकर्मण्यता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुनसक्छ । महत्वाकाङ्क्षी योजना फलीभूत होलान् । छात्रछात्राको पढाइलेखाइमा प्रगति हुने समय छ, तर जेसुकै गर्दा हडबड र शीघ्रता गरेमा काम दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्नु छ भने केही समय पर्खंदा राम्रो हुनेछ । कडा मिहिनेत र प्रयत्न गर्दा जुनसुकै काम फत्ते गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ । अपराह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ ।

शुभरङ्ग : गाढा रातो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : शिवर्पावती

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने

के नगर्ने : गोपनीयता भङ्ग

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । साथीभाइको सहयोगमा पुराना समस्या सुल्झाउने वातावरण बन्नेछ । छात्रछात्राहरूको पठनपाठनमा प्रगति हुनेछ र गृहिणीहरूले परोपकारी र सामाजिक कामबाट सम्मान र प्रतिष्ठा आर्जन सक्नेछन्, त्यस्तै व्यवसायीका लागि लेनदेनको कारोबार लाभकारी रहने छ ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने

के नगर्ने : साथीभाइको बेवास्ता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइने समय छ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरूलाई समेत फाइदा दिलाउन सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । मुखमा चन्द्रमा बसेको दिन छ, बोलीका माध्यमबाट नै काम बनाउन सक्नुहुनेछ ।

शुभरङ्ग : सेतो वा उज्यालो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी

के नगर्ने : बोलीवचनमा कडापन

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज तपाईंको आफ्नै राशिमा चन्द्रमा रहेको छ, तर राशिस्वामी सूर्यको कमजोर फलले गर्दा मिहिनेत गर्दा पनि काम बन्न नसक्दा दिक्क भने लाग्न सक्छ । आत्मबलमा कमी भएको अनुभूति हुनेछ । ईर्ष्या गर्नेहरूले डाहा गर्न छाड्दैनन् । तर प्रयासरत रहेमा र लगनशील भएमा आज ठूलो फाइदा नभए पनि असफल नै भइँदैन । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ  । उपलब्धिले थप उत्साह जगाउनेछ । कम बोलेको राम्रो हुनेछ । सोच र तार्किक क्षमताको प्रदर्शन गर्न सकेमा मात्र लाभ दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । सल्लाह र सुझाव दिनेहरू प्रशस्तै भेटिनेछन्, तर आफ्नो सुरमा काम गर्नु राम्रो हुनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

शुभरङ्ग : हलुका रातो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : गणेश

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : मन उत्ताउलो नबनाउने

के नगर्ने : हतारमा निर्णय

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

बाह्रौं भावमा चन्द्रमाको उपस्थिति छ, त्यसैले धेरै आशावादी नभई लगनशीलता र इमानदारीका साथमा काम गर्न सके उपलब्धी नै हासिल गर्न सकिने दिन छ । आम्दानीका बाटोमा केही असहजता देखिए पनि मिहिनेत गर्दा आजको आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुनसक्छन्, काममा गोपनीयता कायम राख्नुपर्छ । छरछिमेकमा देखिएका असमझदारी हटाउने प्रयास सार्थक हुनेछ । चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ । राशिस्वामी लाभ भावमा रहेकाले कुनै सरकारी वा राज्यपक्षसम्बद्ध काममा सफलता मिल्ने समय आएको छ ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : कालभैरव

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी

के नगर्ने : याचकको अपमान

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनसँगको सम्बन्ध आत्मीय बन्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । मान्यजन वा अभिभावकका विचारलाई अनुसरण गरेमा कुनै महत्त्वपूर्ण काम बनाउन सकिने छ ।

शुभरङ्ग : सेतो वा सुन्तले

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवजी

अशुभ रङ्ग : घिउरङ्ग/बैजनी

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने

के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भेटघाटले काममा उत्साह बढाउला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मातापिताको सहानुभूति मिल्नेछ । नवीन रोजगारी वा व्यवसायको प्रयासमा हुनुहुन्छ भने काम थाल्न आजको दिन अनुकूल छ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : भोलेशङ्कर

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने

के नगर्ने : उदासीनता/नैराश्यता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक/सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । अनुभवीको सल्लाह र सुझाव प्राप्त हुनेछ । व्यवसायिक वा पेसागत जीवनमा साख कायम रहने छ । बन्दव्यापारबाट राम्रै लाभ लिन सकिने छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा पनि उन्नति गर्ने समय छ । प्रतियोगिता वा प्रतिस्पर्धामा सफल भइने छ । मातापितासँगको सम्बन्धमा चिसोपन देखिएको छ भने अब अन्त्य हुनेछ ।

शुभरङ्ग : बैजनी वा पहेंलो

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : विष्णु

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : कुलधर्म र परम्पराको अनुसरण

के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । कमजोरीले चिन्ता बढाउन सक्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । यात्राको योग छ, सचेत हुनुपर्छ, बास बस्ने गरी टाढा जानु हुँदैन । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यप्रति सचेत हुनुपर्छ, आठौं भावमा चन्द्रमा रहेकाले जुनसुकै काममा र यात्राका क्रममा होस राखेको जाति हुन्छ । भित्री अङ्गमा कुनै रोगव्याधि देखिन सक्छ वा विश्वास गरेको व्यक्तिले घात गर्ने परिस्थिति बन्नसक्छ, होस राख्नुपर्छ ।

शुभरङ्ग : ध्वाँसे

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : सङ्कटा देवी

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यै नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : नैराश्यभाव त्याग गर्ने

के नगर्ने : तीव्रगति र हडबड

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

मनोरञ्जन केन्द्रित दिन हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । साझेदारी र पार्टनरसिपको कामबाट फाइदा हुनेछ । छात्रछात्राका लागि नयाँ ज्ञान सिक्ने मौका त देखिन्छ, तर रामरमाइलोमा भुलिनाले लक्ष्य र उद्देश्य प्रभावित बन्ने डर हुन्छ ।

शुभरङ्ग : सुन्तले

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : विष्णुलक्ष्मी

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल

के नगर्ने : परिवारको बेवास्ता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ, उपहार प्राप्त हुनेछ । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । शत्रु र प्रतिस्पर्धीले चलखेल बढाए पनि डराउनु पर्दैन । मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ । खुट्टा तान्ने र कुरा काट्नेहरू सक्रिय देखिन्छन्, त्यसैले हरेक क्रियाकलापमा गोपनीयता अपनाउनु जाति हुनेछ ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : गणेश

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : खानपानमा नियन्त्रण

के नगर्ने : आवेग, घमण्ड र क्रोध

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया

सम्बन्धित