आजको राशिफल  / वि.सं. २०७६ वैशाख २२ गते आइतबार

वि.सं. २०७६ वैशाख २२ गते आइतबार तदनुसार ई. सं. २०१९ मई ०५ तारिख,  वैशाख शुक्ल प्रतिपदा, भरिणी नक्षत्र, मेष राशिको चन्द्रमा, सौभाग्य योग, किंस्तुघ्न र बब करण, आजको चाडपर्व र उत्सव : ललितपुरमा मत्स्येन्द्रनाथ रथारोहण (बुंगद्यरथयतइगु),  आजको मूहुर्त : अग्निवास(होमादि),  भोलिको चाडपर्व र उत्सव : चन्द्रोदय, त्रिपुष्कर योग बिहान ०४ बजेर २४ मिनेटपछि, भोलिको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा),

आजका लागि अशुभ समय :

राहु काल : साँझ ०५:०० देखि ०६:३९ सम्म, यमघण्ट : दिउँसो १२:०१ देखि ०१:४१ सम्म, गुलिक काल : दिउँसो ०३:२० देखि ०५:०० सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :

शुभ वारवेला : दिउँसो ०१:४१ देखि ०३:२० सम्म, अमृत वारवेला : बिहान १०:२२ देखि १२:०१ सम्म, लाभ वारवेला : बिहान ०८:४३ देखि १०:२२ सम्म,  भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने चामल वा दूध खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । जोस र जाँगर पलाउने छ, मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । हाँकेका र ताकेका काममा सफलता मिल्नेछ ।

शुभरङ्ग : सिन्दूरे रातो, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने, के नगर्ने : हडबड र शीघ्रता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

यात्राको योग छ । बाह्रौं चन्द्रमा भएकाले यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना भएकाले गोपनीयता अपनाएमा मात्र कुनै काम सम्पादन गर्न सहज हुनेछ । छरछिमेकमा परेको अप्ठ्यारो र असजिलो फुकाउन समय र धन लगानी गर्नु पर्ने हुनसक्छ । परोपकार र दानपुण्यका कार्यबाट लाभ लिन सकिने छ । बन्दव्यापारमा नराम्रो छैन । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ ।

शुभरङ्ग : सेतो वा बैैजनी, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : धर्मराज, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : दान, धर्म, परोपकार, के नगर्ने : रिसराग, उद्वेग र क्रोध

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

राज्यस्थानमा चन्द्रमा भएकाले आज पर्याप्त लाभ लिन सकिने दिन हो । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । स्वास्थ्य सबल छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । अभिभावकको आशीर्वाद लिन सकेमा सफल भइने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ ।

शुभरङ्ग : कालो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने, के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

पितृधनबाट फाइदा उठाउन सकिने छ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो ।

शुभरङ्ग : ध्वाँसे, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : महालक्ष्मी, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने, के नगर्ने : लोभ र मोह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

धर्म स्थानमा चन्द्रमा भएकाले आज परोपकारी काममा समय दिनु राम्रो हुन्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनोरञ्जनात्मक काममा रुचि जाग्नेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ ज्ञान आर्जन गर्ने समय छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । आध्यात्मिक भावनाको उदय हुनेछ । हातमा सह भएको दिन हो, कुनै नयाँ काम थालनी गरेमा दूरगामी फाइदा मिल्न सक्छ । बन्दव्यापार र कामधन्दामा समेत राम्रो छ ।

शुभरङ्ग : सेतो वा पहेंलो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : कुलगुरु÷शिवजी, अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग, के नगर्ने : आडम्बर र ढोंगीपन

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आठौं चन्द्रमाका बाबजुद राशिमा परेको राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमङ्ग देखापर्ने छ, शरीर स्वस्थ रहने छ । चोटपटकको सम्भावना छ, तर डराउनु पर्दैन । गोप्य योजना सफल हुन्छन् र लामो समयदेखिको उल्झन सुल्झाउने अवसर मिल्नेछ । बोलीको कदर हुनेछ । प्रतिकूल एवं विपरीत परिस्थिति भए पनि सचेतता अपनाउनाले कुनै महत्त्वपूर्ण काम निप्ट्याउने अवसर प्राप्त हुनेछ । घरायसी वातावरण आफ्नो अनुकूल हुनेछ । प्रेमप्रसङ्ग र प्रणयलीलाका लागि राम्रो समय छैन । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । महत्वपूर्ण काम गर्नु छ भने गोप्य राखेमा सफलता मिल्नेछ ।

शुभरङ्ग : कालो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : कालभैरव, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्, के नगर्ने : असुरक्षित यात्रा

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मनोरञ्जन र रमझममा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेम प्रसङ्ग र मनोरञ्जनका लागि अनुकूल समय छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवर्पावती, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : परिवारमा अधिकतम समय दिने, के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । सरकारी कामबाट फाइदा हुनेछ ।

शुभरङ्ग : हलुका सेतो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : भगवान् शङ्कर, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने, के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मुखमा सरस्वतीको बास छ, त्यसैले आज ज्ञान र सिप बाँडेर जस लिने समय हो । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । हितैषी र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । बन्दव्यापार र व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीले खुसी तुल्याउने छन् । भावनामा मन रुमल्लिने समय छ, पत्नी वा प्रेमिकासँगको सम्बन्ध सुदृढ बन्नेछ ।

शुभरङ्ग : हलुका नीलो वा हरियो, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः, न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने, के नगर्ने : बुद्धिको दुरुपयोग

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

चौथो घरको चन्द्रमाका कारण शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । प्रेमसम्बन्धमा विश्वासको कमी देखिने छ । जीवनसाथीसित ठाकठुक पर्नसक्छ । अभिभावक वा नातागोताको कुनै ज्येष्ठ सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिने छ । सेवासुश्रुषामा समय र धन खर्च हुनसक्छ । बौद्धिकता र ज्ञानगुनको क्षेत्रमा समेत राम्रो छैन । शरीरमा स्फूर्ति र उमङ्ग देखिंदैन । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । सँगीसाथी र आफन्तले भनेजस्तो सहयोग पुर्याउन सक्दैनन् । झैझगडा र विवादबाट टाढा बस्ने दिन हो । आवेग र क्रोध आजका शत्रु हुन्, यथासम्भव संयम र अनुशासित भएर बस्नु पर्नेछ ।

शुभरङ्ग : रातो वा पहेंलो, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : भगवती दुर्गा अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : पति÷पत्नी, प्रेमी÷प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने, के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

दाजुभाइ र बन्धुवान्धवका क्रियाकलापले हर्षित बनाउने छ । धार्मिक क्रियाकलाप, परोपकारी काम वा सामाजिक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ, मनमा आध्यात्मिक र दार्शनिक भावना जागृत हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भोज, पार्टी वा मिठो भोजनका लागि अवसर प्राप्त हुने सम्भावना पनि छ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ ।

शुभरङ्ग : गाढा नीलो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : गणेश, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण, के नगर्ने : घमण्ड

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर्कवितर्क र बहसमा विजय प्राप्त हुनेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । मिष्ठान्न भोजन मिल्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । नातेदार र कुटुम्बले तपाईंको काममा सहयोग गर्नेछन् अथवा आफैंले चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्नेछ । बन्दव्यापार राम्रो छ, अप्रत्यासित लाभ हुनेछ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । इज्जत र प्रतिष्ठा बढ्ने छ ।

शुभरङ्ग : घिउ रङ, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः , न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने, के नगर्ने : अनावश्यक खानपान

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित