दुई स्रष्टा सम्मानित

पथरी /  मोरङको एभरेष्ट आवासिय माध्यमिक बिध्यालयले बैशाख २६ गते दुई जना स्रष्टालाई सम्मान गर्ने भएको छ । लामो समय प्रगतिबादि राजनितीक, शैक्षीक र साहित्यमा जीवन बिताई समाजमा ठुलो योगदान पुर्याउनु भएका चन्द्रमान कन्दङ्वाको स्मृतीमा छोरा रविन कन्दङ्वाले ५ लाखको अक्षय कोष स्थापना गर्नु भएको छ ।

बिध्यालयले बिध्यालय स्थापक चन्द्रमान कन्दङ्वाको स्मृती कोष स्थपना गरि प्रत्येक बर्ष दुई जना स्रस्टा सम्मान गर्ने भएको हो । सि. एम कन्दङ्वा राष्ट्रिय विशिष्ट प्रतिभा सम्मान २०७५ र सि. एम कन्दङ्वा राष्ट्रिय युवा प्रतिभा सम्मान २०७५ द्घारा एल पि जोसी र शंकर चापागाईलाई सम्मान गर्ने भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । राष्ट्रलाई योग्दान पुर्याएका साहित्यकार, राजनितीज्ञ, खेलकुद, पत्रकार र बहुप्रतिभाका ब्याक्तीहरुलाई बार्षीक रुपमा सम्मान गर्दै आउने बिध्यालयका निर्देशक रविन कन्दङ्वाले बताउनु भयो ।

सि. एम कन्दङ्वा राष्ट्रिय विशिष्ट प्रतिभा सम्मान २०७५ का साथ ५० हजार र ताम्रापत्रले गायक एल पि जोशीलाई सम्मान गरिने छ भने सि. एम कन्दङ्वा राष्ट्रिय युवा प्रतिभा सम्मान २०७५ ले नगद ३५ हजार र ताम्रापत्रका साथ युवा साहित्यकार धनकुटे कान्छा (शंकर चापागाईं) लाई सम्मान हुने निर्देशक कन्दङ्वाले जानकारी दिनु भयो । २६ गते स्रष्टाहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतित्थामा सम्मान गरिने भएको छ ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित