आजको राशिफल / वि.सं. २०७५ चैत्र १७ गते आइतबार

वि.सं. २०७५ चैत्र १७ गते आइतबार तदनुसार ई. सं. २०१९ मार्च ३१ तारिख, चैत्र कृष्ण एकादशी, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, सिद्धि योग, बब र बालब करण, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, दैलो राख्ने, कलशचक्र, भोलिको चाडपर्व र उत्सव : पापमोचिनी एकादशी व्रत, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, कलशचक्र,

आजका लागि अशुभ समय :

राहु काल : साँझ ०४:४७ देखि ०६:२० सम्म, यमघण्ट : दिउँसो १२:०९ देखि ०१:४२ सम्म, गुलिक काल : दिउँसो ०३:१४ देखि ०४:४७ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :

शुभ वारवेला : दिउँसो ०१:४२ देखि ०३:१४ सम्म, अमृत वारवेला : दिउँसो १०:३६ देखि १२:०९ सम्म, लाभ वारवेला : बिहान ०९:०४ देखि १०:३६ सम्म,  भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने चामल वा दूध खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । दूरगामी भविष्यप्रति लक्षित लगानी गरेमा पछि राम्रो फाइदा आर्जन गर्न सकिने छ । श्रमको समुचित मूल्याङ्कन हुनेछ । घरायसी सम्बन्ध सुदृढ बन्नेछ ।

शुभरङ्ग : नीलो शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : भोलेशङ्कर अशुभ रङ्ग : कलेजी अशुभ अङ्क : ५ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने के नगर्ने : उदासीनता÷नैराश्यता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन, हुन त भाग्यमा चन्द्रमा छ, तर प्रतिष्ठा प्राप्तिका लागि सङ्घर्ष गर्नै पर्छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । तर नेतृत्व नै वहन गर्नुपर्दा अपजसको भागी भइने छ, सचेत हुनुहोला । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, तर भाग्यमा बसेको चन्द्रमाले सरल ढंगले दैनिकी सञ्चालनमा सघाउ पुर्याउने छ । मन ज्ञान र अध्यात्मतर्फ आकर्षित हुनेछ, कताकता वैराग्यका भावना मँडारिन सक्छन् ।

शुभरङ्ग : बैजनी वा पहेंलो शुभअङ्क : १ शुभदिशा : पूर्व इष्टदेवता : विष्णु अशुभ रङ्ग : चम्किलो÷उज्यालो अशुभ अङ्क : ४ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : कुलधर्म र परम्पराको अनुसरण के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

परिवारजनको आत्मीयतामा कमी आउने छ । आठौं चन्द्रमाको प्रभावले लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । अध्ययनमा समय दिन नसकिएला । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । फाइदाका लागि योजना गोप्य राख्नुहोला । सवारीसाधन हाँक्दा सचेत हुनुपर्छ ।

शुभरङ्ग : ध्वाँसे शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : सङ्कटा देवी अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ३ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : नैराश्यभाव त्याग गर्ने के नगर्ने : तीव्रगति र हडबड

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । नयाँ ज्ञान सिक्ने अनुकूलता मिल्नेछ । परिवारका सदस्यहरूसँग आत्मीयभावमा बृद्धि हुनेछ । प्रेमसम्बन्ध सुदृढ बन्नेछ ।

शुभरङ्ग : सुन्तले शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : विष्णुलक्ष्मी अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : २ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल के नगर्ने : परिवारको बेवास्ता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

हाँकेका र ताकेका काममा चुनौती र प्रतिस्पर्धा गर्नु परे पनि सफल भइने छ । शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । कामको चाप बढ्ने छ, तर बेफाइदा हुँदैन । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आफ्नो क्षेत्र र विषयवस्तुमा अरूले अधिकार जमाउन चेष्टा गरे पनि सफल हुने छैनन् । सरकारी र राज्यपक्षको काममा सफलता मिल्नेछ ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे शुभअङ्क : २ शुभदिशा : दक्षिण इष्टदेवता : गणेश अशुभ रङ्ग : सुन्तले÷गुलाबी अशुभ अङ्क : १ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : खानपानमा नियन्त्रण के नगर्ने : आवेग, घमण्ड र क्रोध

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

एकाबिहानै सन्ततिको व्यवहारिक समस्याका क्षेत्रमा चिन्तित बन्न सक्नुहुन्छ, तर पनि बौद्धिक र प्राज्ञिक क्षेत्रमा समय प्रदान गरिने छ । दैनिक कामकाज र बन्दव्यापारमा राम्रै छ । मानप्रतिष्ठा प्राप्तिका प्रयास हुनेछन् । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहालाई मान्नु आजका लागि उपयोगी हुनेछ । शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ, तर अवरोधको सम्भावना छ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहाबमोजिम मानप्रतिष्ठा र सामाजिक मर्यादाका लागि गरेको प्रयास सफल हुनेछ । सन्ततिको पठनपाठन र व्यक्तित्वविकासको चिन्ताले सताउन सक्छ ।

शुभरङ्ग : गाढा हरियो शुभअङ्क : ५ शुभदिशा : पूर्व इष्टदेवता : सूर्यदेव अशुभ रङ्ग : कालो अशुभ अङ्क : ३ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः न्यूनतम जापसङ्ख्या : ०७ के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने के नगर्ने : अल्छी र अकर्मण्यता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । मान्यजनको सुझाव शिरोधार्य गर्दा बिग्रेको काम बन्न सक्छ । परिवारजनमा आत्मीयता बढ्ने छ र मन हलुको हुनेछ । मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ ।

शुभरङ्ग : गाढा रातो शुभअङ्क : ८ शुभदिशा : उत्तर इष्टदेवता : शिवर्पावती अशुभ रङ्ग : गाढा नीलो अशुभ अङ्क : २ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने के नगर्ने : गोपनीयता भङ्ग

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

रोजगारी र व्यापार÷व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ, तर्क र विवादमा विजय प्राप्त हुनेछ । कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।

शुभरङ्ग : गाढा हरियो शुभअङ्क : ७ शुभदिशा : पश्चिम इष्टदेवता : हनुमान् अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे अशुभ अङ्क : १ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने के नगर्ने : साथीभाइको बेवास्ता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् । तर ध्यान पुर्याउन सकेमा विगतको श्रमबाट भने लाभ हुनेछ । फाइदा अलि कममात्र हुने समय छ । मान–सम्मानमा गिरावट आउने छ । बोली नबिक्ने सम्भावना भएकाले थोरै बोलेको जाति हुनेछ । सहयोगीहरूले आशा देखाए पनि काममा साथ दिने छैनन् । बन्दव्यापार र व्यवसायमा समय दिन नसक्नाले ठूलो फाइदा लिनबाट वञ्चित हुनुपर्छ ।

शुभरङ्ग : सेतो वा उज्यालो शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : लक्ष्मी माता अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : ९ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी के नगर्ने : बोलीवचनमा कडापन

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

राशिमा चन्द्रमा भए पनि आज मिश्रित प्रभाव भएको दिन छ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । तर, यथार्थमा लाभ भने कमै मिल्नेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला । स्वादिष्ट भोजनको अवसर पाए पनि पेटको खराबीले सताउन सक्छ । सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना पनि देखिन्छ । तर हाँकेको ताकेको काममा ध्यान पुर्याउन सकेमा सफल भइने छ । रचनात्मक काम गर्न प्रेरणा प्राप्त हुनेछ । विगतको त्रुटि सच्याउँदै थप काम गर्न हौसला मिल्नेछ । धन आर्जनका क्षेत्रमा बाधा छैन ।

शुभरङ्ग : हलुका रातो शुभअङ्क : ५ शुभदिशा : पूर्व इष्टदेवता : गणेश अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ८ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : मन उत्ताउलो नबनाउने के नगर्ने : हतारमा निर्णय

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

बाह्रौं भावमा चन्द्रमा भएकोले आर्थिक सङ्कटको सम्भावना छ । अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना पनि छ । विवाद, मुद्दामामिला र प्रतिस्पर्धाबाट सामान्य फाइदा लिन सकिने छ । अनावश्यक खर्च र नोक्सानीलाई नियन्त्रण गर्न सकिने छ । भविष्यप्रति घोत्लिन मन लाग्नेछ । दीर्घकालिक फाइदाका लागि केही काम हुन सक्छन् । खर्चको मात्र बढे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी गर्ने परिस्थिति बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे शुभअङ्क : ८ शुभदिशा : उत्तर इष्टदेवता : कालभैरव अशुभ रङ्ग : हरियो÷चम्किलो अशुभ अङ्क : ७ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी के नगर्ने : याचकको अपमान

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । आर्जन गरिएको रकम सदुपयोग गरिने छ वा सञ्चय हुनेछ ।

शुभरङ्ग : सेतो वा सुन्तले शुभअङ्क : ७ शुभदिशा : पश्चिम इष्टदेवता : शिवजी अशुभ रङ्ग : घिउरङ्ग÷बैजनी अशुभ अङ्क : ६ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित