“मेरो जिन्दगिको मोडमा “बोलको गित सार्बजनिक [भिडियो सहित]

पछिल्लो समयका चर्चित अनि बहु-प्रतिभाशालि गायक मनोज राजको आवाजमा रहेको नया गित “मेरो जिन्दगिको मोडमा “बोलको गित सार्बजनिक भएको छ । प्रेम वियोगमा आधारित गित एसियन म्युजिक मार्फत बजारमा आएको हो । गित संगीतकालागि सम्भावना बोकेका गीतकार तपेन्द्र सुबेदीको शब्द अनि राज श्रेष्ठ र गोपाल श्रेष्ठको यो गीतमा संगीत रहेको छ भने सन्तोषप्रघादको एरेन्ज रहेको छ ।

songs

म्युजिक भिडियोका लागि चौतर्फी ज्ञान भएका र एकदमै ट्यालेन्टले भरिएका अनि गायन , सङ्गीत संगै अभिनयमा पनि अब्बलदेखिएका मोडेल राज खड्काको अभिनय रहेको छ । राज संगै भिडियोमा वर्षा राउत अनि राज श्रेष्ठलाई पनि देख्न सकिने छ  ।भिडियोमा अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन संगै निकेश खड्काको निर्देशन रहेको छ । प्रेम अनि वियोगमाआधारित रहेको भिडियो लाई एसियन म्युजिकले निर्माण गरिएको छ । भिडियोमा त्रिकोनात्मक प्रेम कहानी देखाईएको छ ।

तपाईको प्रतिक्रिया