बाबुराम भन्छन् इटहरी वीरेन्द्र चोकमा वीरेन्द्रको शालिक नराखी गाई, डाँफे राख्ने त ? (भिडियाे)

इटहरी / इटहरीको मुख्य चौकमा पूर्वराजा बिरेन्द्र शाहको शालिक राख्ने बिषयले अहिले चर्चा पाएकाे छ । यसकाे पक्ष र विपक्षमा बसह चलिरहदा शालिक राख्ने तयारी थालेकाे छ । शाहको शालिक राखे सँगै इटहरीकाे मुख्य चौकलाइ समेत पुनः बिरेन्द्र चौक घाेषणा गरिने छ ।

शालिक राख्ने बिषयमा नेपाल आदिवासी जनजाति महासंघ, एमाले निकट विद्यार्थी संगठन, अनेरास्ववियु, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले लगायत विरोध जनाएका छन् ।

इटहरीमा यसअघि समेत शाहको शालिक रहेकाे थिए, तर द्वन्द्वकालमा तोडफोड गरियाे । राजाप्रति आदरभाव राख्ने ईटहरीका बाबुराम प्रधानले शालिकका केही टुक्रा भेला पारे, टुक्रा टुक्रा भएको शालिक उनले भेला पारे र घरमा थन्काए,केही बर्ष पछि उनले शालिकलाई घरको छतमा ठडयाए । केही मानिसले उनलाई राजावादी भएको आरोप लगाए भने केहीले धम्की समेत दिए । तरपनि उनी अलिकति बिचलित भएनन् । उनी राजावादी होईनन तरपनि उनको घरको छतमा राजाको शालिकलाई उच्च सम्मानका साथ राखिएको छ ।

बाबुराम ब्यबसायी हुन । उनले ३ दशक अघि देखि ड्राईभिङ पेशा अंगालेका छन । यसबिचमा उनले ३० हजार बढी चालकहरु उत्पादन गरिसकेका छन । उनको अण्डर ग्राउण्ड ड्राईभिङ सेन्टर ईटहरीमा मात्र नभएर पुर्बमै पुरानो र चर्चित रहेको छ । कुनैबेला नेता लालबाबु पण्डितका चालक समेत रहेका उनी आमाबाबु पछि आफनो पेशालाई सम्मान गर्छन । यहि कारण उनले आज सफल ब्यबसायीको परिचय बनाएका छन ।

तपाईको प्रतिक्रिया