राधारमाका ६ मुक्तकहरू (भिडियाे)

राधारमाका ६ मुक्तकहरू

१.

तिमी घेरा प्रेम कुटिको म छानो बनिदिन्छु
तिमी मौरी अमृतको म चाहिँ रानो बनिदिन्छु
हर समय तिम्रो मुहार फुलझै देख्न पाए प्रिय्
तिमी प्रहार खुकुरी को म अचानो बनिदिन्छु

२.

कृष्णको यादमा उनी रोएर आधा भइन
धर्म र अधर्मको लडाइमा पक्कै पनि बाधा भइन
उता पत्र पठाउदै यता रुक्मिणी संग बिबाह गरे
प्रेम त कृस्णले पनि गरे तर बदनाम राधा भइन

३.

छिपिदो छिपिदो रातको यो चिसो ओसमा
आफै जल्ने गर्छौ अकास्मात आक्रोश मा
तिमिलाई हसपल नशा पिलाइरहुँ जस्तो लाग्छ
कमसेकम यो राधा याद त रहन्छे बेहोश मा

४.

पैसा भए बजारमा थरी थरीका सामान पाइन्छ
भन्छन बाबुआमा पाइन्छरे
“धर्म” सन्तान पाइन्छ
माग्दा पाउने चिज त केवल छोरिमात्र रैछिन
किनकी छोरी हाम्रो समाजमा कन्यादान पाइन्छ

५.
जिन्दगिको गाडी गुडाउनको लागि समझदारी त दुइमै हुनुपर्छ
दिनभरि कामगरेपछी आराम र मीठो निद त रुइमै हुनुपर्छ
चार पैसा कमाए भनेर धेरै घमण्ड नगर न महासय
तिमी आकासको जुन भएपनी तिम्रो खुट्टा त भुइमै हुनुपर्छ

६.
तिमिसगको माया टुटनुमा मेरो गल्ती छ भने भन
बाकी नगद उधारो अरु केही उचल्ती छ भने भन
देखेकोछु मरेपछी खाली हातै जानुपर्छ सबैले
रुपैया लिएर जान्छु भन्छौ कात्रोमा खल्ती छभने भन

तपाईको प्रतिक्रिया