राजेश पायल राई माथि हातपात (भिडियाे)

इटहरी/ अंग्रेजी नया वर्ष २०२२ को सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन अमेरिका पुगेका लोकप्रिय गायक राजेश पायल राइ माथि हातपात भएको छ । उनले अमेरिकाको न्यूयोर्कमा स्टेजमा आफ्नो चर्चित गीत ‘अन्जानैमा भुल भयो कि’ बोलको गीत गाउदै गर्दा स्टेजको छेउममा रहेका एक व्यक्तिले स्टेजमै उनलाई पछाडिबाट घाटी न्याक्ने प्रयास गरेका छन् । राईको प्रयासपछि आफुलाई छुटाए भने त्यहा रहेका अन्यले उनलाई स्टेजमै सुरक्षा दिएको एक सार्बजनिक भिडियोमा देख्न सकिन्छ ।

श्राेतका अनुसार सो व्यक्ति रक्सिको मातमा थिए । सोहि जोसलाई राईमाथि स्टेजमै पोखे । तर राजेशले उनको हातपातलाई सामान्य लिदै आफुले दीईरहेको प्रस्तुतिलाई निरन्तरता दिएको भिडियोबाट बुझ्न सकिन्छ । हातपातको क्रममा गाउदै गरेको गीत प्रस्तुतिपछि राईले ‘केहि छैन पछाडिबाट आउदा अँगालो पनि मिठो लाग्छ राजेश पायल राइलाइ’ भन्दै सामान्य रुपमा प्रस्तुत भएका छन् । यतिबेला उनीमाथि हातपात भएको भिडियो सामाजिक संजालमा भाईरल हुदैछ ।

तपाईको प्रतिक्रिया