द व्यायामशाला प्रती मान्छेकाे आकर्षण अझै बढाउँन चाहान्छाै : ममता प्रसाईं

इटहरी / इटहरीकाे विपि चाेकमा करिव ३ बर्ष देखि सञ्चालनमा आएकाे द व्यायामशाला प्रती सेवाग्राहीहरुको आकर्षण बढ्दो छ। यहाँ आउँने हरेकले केही न केही राम्रो प्रतिक्रिया दिइरहेका छन् । द व्यायामशालामा सुविधा , सिस्टमका साथै उपयुक्त वातावरणमा समय तालिम मिलाएर महिला र पुरुष दुईलाई व्यायाम सिकाउने तरिका उपयुक्त भएकोका कारण यस प्रती आकर्षण र क्रेज बढेको सेवाग्राहीहरु बताउँछन् । द व्यायामशालामा बिहान र बेलुकाको समयमा विभिन्न ट्रेनर जिममा खटाइएको हुँदा बडी बिल्डिंग, वजन घटाउने, वजन बडाउने लगायतको मद्दत ट्रेनरहरु बाट सजिलै प्राप्त गर्न सकिने सुविधा रहेको द व्यायामशालाकी सञ्चालिका ममता प्रसाईंले बताइन् ।

व्यायामशालामा आउँनेहरुकाे माग र आवश्यकताकाे मनन गर्दै उपयुक्त र गुणस्तरीय मेशिनहरु थप्ने साथै अन्य सुविधालाई समेत बढाउँने क्रम जारी रहेको सञ्चालककाे भनाइ रहेको छ । शुरुकाे अवस्थामा कमै मान्छेकाे सहभागितामा एक तल्लामा खोलिएको व्यायामशाला अहिले २ वटा तल्लामा व्यवस्थित तरिकाले संचालन गरिएकाे छ । व्यायामशालामा जुम्बा पनि भिन्नताका साथ फरक ढङ्गले गराइने उल्लेख गरिएको छ ।

जुम्बा फिटनेस कक्षा प्रभावकारी र रमाइलो बनाउनको निम्ति यहाँ एरोबिक्स, पेटको कसरतहरु सबै मिक्स गरेर गराइन्छ । साथै मान्छेकाे कार्य व्यस्तता र काेविडकाे समस्यालाई समेत मध्यनजर गरेर सेवा विस्तार गर्ने उदेश्यले द व्यायामशालाले अनलाइन कक्षाकाे समेत विस्तार गरि यसकाे प्रभावकारितालाइ समेत देश विदेशमा विस्तार गर्न सफल भएको छ । द व्यायामशालाले अनलाइन कक्षासँगै वएवसाइट पनि सञ्चालनमा ल्याउँने तयारी गरेकाे छ । स्वदेशमै व्यायामशालाकाे माध्यमबाट सेवा पुयाएर विभिन्न जनशक्तिलाई राेजगारी समेत प्रदान गरि छाेटाे समयमा नाम र दाम दुवै कमाउँन सफल द व्यायामशाला इटहरीकी सञ्चालिका ममता प्रसाईंसँग गरिएकाे कुराकानी :

तपाईको प्रतिक्रिया