दिपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘छक्का पन्जा’को नयाँ गीत गीत रिलिज भएको छ।शान्तिप्रियको लेखन तथा दीपक शर्माको संगीत रहेको ‘देख न चम्पा’ बोलको गीतमा कृष्ण काफ्ले र दीपाश्रीको स्वर रहेकोछ ।
भदौ २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा’को यस गितमा चलचित्रका मुख्य कलाकारहरु जीतु नेपाल, केदार घिमिरे, नम्रता सापकोटा, शिवहरी पौडेल, बर्षा राउत, वुद्धी तामाङलाई पनि देखाइएको छ ।