ईटहरी । सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । कोही ब्यत्ति एकैपटक ३ वटा बाजा सहजै बजाउन सक्छ, त्योपनि दृष्टिबिहिन मानिसले, जन्मदै दृष्टिबिहिन मोरङको उर्लाबारी २ का रुद्र दर्जी एकैपटक ३ वटा बाजा बजाउन र गीत गाउन उत्तिकै माहिर छन ।
बि.स २०२८ सालमा जन्मिएका उनले ११ बर्षको उमेर देखि नै मादल बजाउन र १३ बर्षको उमेर देखि बिभिन्न गायक गायिकाका गीत गाउन थालेका थिए । उनी बिभिन्न गायक गायिकाका गितहरु हुबहु गाउन सक्छन । टयाम्पो, ढोलक, डमरु, बाँसुरी, मादल लगायत पञ्चेबाजा बजाउन सक्ने उनी अबसर पाएमा जस्तोसुकै गित गाउन र संगित भर्न सक्ने समेत बताउँछन ।
सामान्य लेखपढ बाहेक खासै औपचारिक शिक्षा नलिएका उनी हालसम्म गीत संगितमै जिवन बिताएपनि अबसर नपाएको र अपांगता भएकै कारण धेरै ठाँउमा अपमाननित हुनुपरेको तितो यथार्थ समेत उनले सुनाए ।