कुलेन्द्र बिकसँगै रवि ओडले दुबईमा गाए ‘सालको पातको टपरी’ (भिडियो)

युएई / युएईको दुबईमा आयोजना गरिएको गोर्खाली साँझ–२०१९ मा नेपाल आइडलका दोस्रो सिजनका टप ४ प्रतियोगीले आफ्नो प्रस्तुति दिए। नेपाल आइडलका टप ४ प्रतियोगी – रवि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीले आफ्नो साङ्गीतिक प्रस्तुतिले दर्शक नचाए। प्रस्तुतिको क्रममा नेपाल आइडल रवि ओडले लोकगायक कुलेन्द्र बिकसँगै चर्चित गीत ‘सालको पातको टपरी’ गाए। अष्ट्रेलियामा भ्रमणको क्रममा रविले उक्त चर्चित लोकदोहोरीलाई ‘बिगारेपछि’ उनी विवादमा मुछिएका थिए। कुलेन्द्र उक्त गीतका वास्तविक गायक हुन्। हेर्नुस् भिडियो।

Purbeli TV

तपाईको प्रतिक्रिया