युके/ एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन २ को उत्कृष्ट होनहार प्रतिष्पर्धी रवि ओड सुदुरपश्चिमबाट फाईनलमा पुग्न सफल भएका छन् । फाईनलमा रवि ओडसंगै पुर्वबाट सुमित पाठक र अस्मिता अधिकारी छन् । पहिलो नेपाल आईडल बन्न सफल पोखरेली युवा बुद्ध लामा कै जिल्ला बाट पुन: आईडलको ताज भिर्ने दाउमा छन् अर्का अब्बल गायक बिक्रम बराल । चारै जनाको प्रतिभा धमाकेदार नै छ । नेपाल आईडल को होला त ? कस्को भाग्यमा नेपालको दोस्रो आईडल को ताज क़ब्ज़ा गर्ने शक्ति छ त ? यि यस्तै प्रश्नहरु धेरै नै छन् ।
तर, सामाजिक संञ्जालमा देखिएको उत्साह र समर्थन हेर्ने हो र विश्लेषकहरुको भनाईलाई पनि मान्ने हो भने यसपाली रवि ओडको पल्ला भारी छ भनेर ठोकुवा गर्न थालिसकेका छन् । रवि ओडको होम भिजिटका बेला प्रस्तुत गरिएको सवै कृयाकलाप देश र विदेशमा सवैले हेरेर प्रतिकृया दिएका छन् । भावुक हुदै रवि आफ्नै घर अगाडी भक्कानिएर आमाबुवा भन्दै रोएको दृष्यले जो कोही पनि रुन पुगेको हो । एकदमै मार्मिक र समाजकालागि रविको जित संदेशमुलक हुने भन्दै सवैले सकृयता देखाएका हुन् । त्यसैगरी चर्चित संचारकर्मी सरु सुनारले त झन पोखराबाटै सिधै लाईभमै आएर रविको खुलेर प्रशंसा गर्दै भोट दिने पोखरेली जनता धेरै नै रहेको किटान पनि गरिन् । हेर्नुस भिडियो
उनले रवि ओडको कथाले मन छोएको प्रतिकृया दिदै देशको आईडल रवि हुनुपर्नेमा जोड़ दिएकि छन् । उनि भन्छिन ‘समुन्द्रको गहिराइमा अक्सर भेटिन्छ मोति, हिलो पोखरीको बिचमा फुल्ने गर्छ कमलको फुल, पहाड, चट्याङलाई फोरि उम्रन्छ पिपलको रुख, गरिबी पीडा र झुपडीबाट रबि ओढको गुन्जिनछ संगितको धुन,’ नेपाल आइडल टप ४ मा पुग्न सफल रबि ओढको यो आँसु र झुपडीले दुनियाँलाई रुवायो, हामी सबैले यो आवजलाइ साथ दिउ भोट गरौ भोटिङ खुल्ला छ भन्दै सुनार आफ्नो फेसबुक वालमा रबि ओढको समर्थन गर्दै स्टाटस लेखी जानकारी गराएकी छन् । रवि नेपाल आइडल दोस्रो संस्करणमा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी हुन् ।
नेपाल आइडलमा अबको बिहीबार हुने प्रस्तुतिपछि हप्ता दिनका लागि भोटिङ खुल्ला रहने छ । यस भन्दा अगाडिको प्रस्तुतिमा १८ घण्टाका लागि मात्र भोटिङ खुल्ला हुँदै आएको थियो । एउटा कलाकार रास्ट्रको गहना हुन्छ । जसले समाज लाई प्रतिबिम्बित गरेको हुन्छ, लुकेका आवाजहरुलाई सबन्धित निकाय सम्म पुराउने काम पनि गर्द्छ । आफ्नो भेश भुसा, कला सस्कृती लाई जगेर्ना गर्ने काम पनि गर्द्छ । सुदुर तथा मध्य पशिमका देउडाहरु लाई रास्ट्रीय मन्च सम्म पुराउन र सम्पूर्ण सुदुर तथा मध्य पशिम बासीहरु लाई एक जुट पार्ने काम रबी ओडले गर्दै आएका छन् । नेपाल आइडलको आगामी यात्रा सफल पार्न अधिक मात्रामा रबिलाइ भोट दिनु आबश्यक छ । उहाँको आइडल र साङ्गितिक यात्रा सफल पार्नको लागी रबी ओड लाई सबैले भोट गरेर सहयोग गर्न स्कटनेपाल परिवार हार्दिक अपिल गर्दछ ।