काठमाडौँ । चर्चित हास्य कलाकार जीतु नेपालले ‘मुन्द्रेको कमेडी क्लब’नामक हास्यव्यङ्ग्यमा आधारित एक टेलिभिजन रियालिटी शो लिएर आएका छन् । यो कार्यक्रम आज सोमबारदेखि नेपाल टेलिभिजनबाट प्रशारणमा आएको छ ।
की इन्टरटेनमेन्टको प्रस्तुति रहेको शोमा जीतु नेपालसँगै राजाराम पौडेल, दीपाश्री निरौला, राजेन्द्र नेपाली र उमेश राई देखिने छन्। जिरे खुर्सानी छोडे पछी धेरै समय टेलिभिजन दुनियाबाट गायव जस्तै भएका जितु नेपाल आफ्ना फ्यानहरुको लागी नया शो लिएर आएका छन् । यस शोको पहिलो इपिसोड हेर्नुहोस :