सुतिरहेको कुकुरमाथि कालोपत्रे ( तस्विर तथा भिडियो )

नयाँ दिल्ली। भारतमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको हो । सुतिरहेको कुकुरमाथि सडक कालोपत्रे गरेपछि अहिले भाइरल बनिरहेको छ । कुकुरको आधा शरीरसमेत पिच गरिएको छ । सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा खन्याएर सडकमा नै आधा शरीर पिच गरेपछि कुकुरको ज्यान गएको छ । रोलरले थिचेपछि आधा शरीर जलेको अवस्थामा त्यो कुकुरलाई निकालिएको थियो ।

बेलायती सञ्चारमाध्यम मीररको अनुसार कुकुरको पछाडिको खुट्टो पुरै जलेको थियो । सडक पिच गर्ने मजदुरले कुकुर नमरुन्जेलसम्म पिच भत्काउन पनि नमानेको स्थानीयले बताएका छन् । कुकुरमाथि कालोपत्रेपछि त्यहाँ भेला भएका पशु संरक्षण अभियन्ताहरुले भारत सरकारको पब्लिक वर्क्स डिपार्टमेन्टविरुद्ध नाराबाजी गर्दै यो लापरबाहीमा संलग्नमाथि कारबाही चलाउन माग गरेका छन् । तर यो डिपार्टमेन्का अधिकारीहरूले यसमा आफूहरूको दोष नभएको बताउँदै सडक पिच गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीलाई नै दोष थोपर्दै जिम्मेवारी लिनबाट पन्छिएका मीररले जनाएको छ । न्यूज२४बाट

Purbeli TV

तपाईको प्रतिक्रिया