पछिल्लाे समय के मा ब्यस्त हुनुहुन्छ ?
म यतिबेला भन्नुपर्दा चै लाइभ प्राेग्राम अनी बिभिन्न जिल्लाहरूमा अायाेजना हुने कन्सर्ट र स्टेज प्राेग्रामहरूमै ब्यस्त छु ।
तपाइकाे डेढ दर्जन बढी एल्बमहरू बजारमा अाए तर श्राेताहरूले ६ , ७ वटामात्रै गितहरू रूचाए किन यस्ताे भयाे ?
त्याे त मलार्इ पनि थहा छैन । अर्काे कुरा मेराे गित सबैले गाउनु पर्छ भन्ने पनि छैन त्याे श्राेता र दर्शकहरूकाे खुशीकाे कुरा हाे ।संगित भनेकाे मेराे अात्माबाट अाउने कुरा हाे । जुन चिज अात्माबाट निस्कन्छ म त्यसैलार्इ गित बनाएर गाउने गर्छु र त्याे हिट हुनै पर्छ भन्ने छैन अनी श्राेताहरूलेपनि गाउनै पर्छ भन्ने छैन ।
तपाइ संगितकाे क्षेत्रमा प्रवेश गर्दा के साेचेर अाउनु भयाे ?
मैले कहाँ साेचे अाकाे हाे त ! संगित मेराे जिवन हाे । संगतमा मलार्इ अानन्द लाग्छ । म जती गितहरू गाउछु त्याे संगित हाे त्याे नै मेराे जिवनकाे एक अानन्द क्षण हाे ।
तपाइका धेरै गितहरू बजारमा अाए त्यसमा पनि तपाइ अाफै सन्तुष्ट बनेकाे गितहरूकाे संख्या कती छ भन्नुपर्याे भने कतीवटालार्इ राेज्नुहुन्छ ?
म त सबै गितहरूप्रती सन्तुस्ट छु । मैले गाएकाे गितमा मलाइ नै सन्तुस्टी मिलेन भने त म भाेली देखी गित नै गाउदिन नी !अब श्राेताहरूलार्इ कुन मनपर्ला कुन नपर्ला त्याे त म पनि अनभिज्ञ नै छु नी !
यसकाे मतलब तपाइले अहिले सम्म गाएकाे गितहरू श्राेताहरूकाे लागि नभएर अाफ्नै सन्तुस्टीकालागी मात्रै हाे त ?
त्यसाे भन्न मिल्दैन मैले गित सबैकाेलागि नै गाएकाे हाे तर म सबैभन्दा हिट हाै र नं वान हु भनेर चै गाउदिन म जे छु यसैमा ठिक छु ।
अनी बजारमा तपाइका गितहरू त्यती नचल्दा कहिले लागेन की याे मेराे कमी कमजाेरी हाे भने ?
सबै गाएकाे गित त कहा र कस्काे पाे हिट भाकाे छ र ? तर पनि मलाइ त त्इसताे कमजाेरी केही लागेन हाेला तर भाेलीका दिनमा त्यसलार्य सुधारेर लैजानुपनि पर्छ । त्याे मेराे दर्शक एवम श्राेताहले भन्ने कुरा हाे ।
नेपालका गायक तथा कलाकारहरू अाफ्नाे देशमा भन्दा बढी बिदेशतिरै रमाउने गरेका छन नी ? किन नेपालमा पैसा थाेरै हुन्छ हाे ? याे बिषयमा के भन्न चाहनुहुन्छ ?
नेपालमा सबै थाेक राम्राे छ नी तर हामि कलाकार हाै एउटै देशमा मात्र सिमित रहन सक्दैनाै हाम्राे दर्शक एवम श्राेताहरूले जता बाेलायाे त्यतै जानु पर्छ । उहाहरूकाे इच्छा अनुसार गितहरू गाइदिनुपर्छ ।
तपाइका पहिला जती गितहरू बजारमा गुन्जिन्थे त्यती अहिले गुन्जिदैन तपाइका सांगेतिक काेशेलीहरू बजारमा अाउनै छाडे यसकाे कारण चै के हाे ?
त्याे त मलाइ पनि थहा छैन हालै मात्र नया एल्बमह बजारमा अाएका छन । तर समयकाे ब्यस्थताकाकारण मैले सागेतिक काेशेली मेराे दर्शक तथा श्राेताहरूले चाहेजती दिन सकेकाे छुइन ।
तपाइले बुझेकाे संगित चै के हाे ? बताइदिनुस न ?
जुन चिज गाउदा , सुन्दा अानन्दित हुन्छ एक प्रकारकाे मन खुसी हुन्छ त्याे नै मेरालागि संगित हाे ।
तपाइकाे भनाइ अनुसार जुन कुराले अानन्द दिन्छ त्याे नै संगित हाे हैन त ?
बिल्कुल हाे । यसमा दुर्इ मत ने छैन नी ।
तपाइ लामाे समयदेखी एउटै धराकाे गितह गाउदै अाइरहनुभएकाे छ अब मैले अरू धारबाट पनि गित गाउनुपर्छ जस्ताे लागेकाे छैन ?
त्यस्ताे हैन मेले सुमा जुन धार समाते म त्यसेमा सिमित रहेकाे छु भविस्यमा बदलिन पनि सक्छ तर अहिले यसकाे बिषयमा महत्वपूर्ण निर्णय नगरेकै बेस हाेला !
श्राेताहरूकाेलागि तपाइ कतीन्जेल चै गित गाइरहने त ?
म बाचुन्जेल नै गाउछु नी मैले अघी पनि भनेनी संगित मेराे जिवन हाे म संगितलार्इ छाडे अर्काे दुनियामा जान सक्दिन ।
अन्त्यमा अाफ्ना दर्शक तथा श्राेताहरूलार्इ के भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाइ माया गर्ने श्राेता एवम दर्शकहरू लगायत मेराे शुभचिन्तकहरूलार्इ म जती पनि म्युजिक भिडीयाेहरू बनाउछु जती गितहरू गाउछु त्याे सबै तपाइहरूकैलागि हाे । मेराे गित सुनिदिनुस अनी हेरीदिनुस , मबाट त्यस्ताे केही गलतीहरू भए अाैल्याइदिनुस , सल्लाह सुझाव दिदै गर्नुस । धन्यवाद ।