‘संखुवासभा राम्रो, त्यहीँ प-यो घर हाम्रो’ (भिडियाे)

संखुवासभा / संखुवासभालाई चिनाउने ‘संखुवासभा राम्रो, त्यहीँ प¥यो घर हाम्रो’ गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार भविन ढुङ्गानाको संगीत र स्वरमा रहेको ‘संखुवासभा राम्रो, त्यहीँ प¥यो घर हाम्रो’ बोलको गीत सार्वजनिक गरिएको हो । यस गीतमा गीतकार दिपन कुमार श्रेष्ठको शब्द रहेको छ । श्रेष्ठको टाढा छु म, म त नेपालमा जन्मिएर, नेपालकी छोरी म, आँखाबाट, प्रिय तिम्रो घातदेखि लगायतका करिब दर्जन गीतहरु बजारमा छ ।

गीतको भिडियो समेत हालै भविन ढुंगाना अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा संखुवासभाका विभिन्न पर्यटकिय धार्मिक स्थलहरुको बयान गर्दै संखुवासभालाई चिनाइएको छ भने भिडियोमा पनि जिल्लाका विभिन्न मनोरम दृष्य तथा पर्यटकीय तिर्थस्थलहरु देखाईएको छ । त्यस्तै, संखुवासभाका रहन सहन र संस्कार संस्कृतिका झलकहरु पनि भिडियोमा देखाइएको छ । भिडियो दीपेन्द्र शाक्यले छायाँकन गरेका हुन् । यो गीतको माध्यमबाट संखुवासभाको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया