विषम परिस्थितिमा सुरक्षा र सहयोगमा अहोरात्र खटिने योद्धाहरुमा नमन (भिडियो)

इटहरी / काेराेना महामारीकाे समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीकाे भुमिकालाइ लिएर धेरैले प्रशंसा गरेका छन् । देशमा महामारी हुदा समेत उनीहरू परिवारबाट टाढा रहेर काम गरिरहेका छन् । संक्रमणकाे डरले सबै घर भित्र बस्दा समेत उनीहरू बाहिर काममा निस्किए । अहिले उनीहरूकाे यहि त्यागलाइ सबैले नमन गरिरहेका छन् ।

यस विषम परिस्थितिमा पनि हाम्रो सुरक्षा र सहयोगका लागि सधैं अहोरात्र खटि रहेका हाम्रा अग्रपंक्तिमा रहेका योद्धाहरुको निस्वार्थ योगदानको मनन गर्दै बाबा तेलले भिडियाे सार्वजनिक गरेकाे छ । भिडियाे मार्फत सम्पूर्ण अग्रपंक्तिमा रहेका योद्धाहरुलाई हृदय देखी नै नमन गरिएकाे छ ।

भिडियो

तपाईको प्रतिक्रिया