रामभक्त जोजिजु ‘भावी तिम्ले’ विमोचन (भिडियाे सहित)

काठमाडौं— गायक रामभक्त जोजिजुले गाएको आधुनिक शैलीका गीतको एल्बम ‘भावी तिम्ले’ सोमबार काठमाडौंमा विमोचन गरिएको छ । नेपाल वान टेलिभिजनको ‘हेल्लो नेपाल’ कार्यक्रमको प्रत्यक्ष प्रसारणमा यो एल्बम विमोचन गरिएको हो ।

विमोचित एल्बममा समावेश गरिएको ‘भावी तिम्ले….’ शीर्षकको गीतको म्युजिक भिडियो पनि आजै प्रिमियर गरिएको छ । विभिन्न टेलिभिजन च्यानल तथा लाइक नेपाल डट कम को यूट्युबमार्फत यो भिडियो प्रिमियर गरिएको हो । सोनम पाख्रिनद्वारा निर्देशित यो भिडियोमा अभिनेता बिनोद न्यौपाने, ईश्वर तथा श्रीरामले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोका छायांकार अर्जुन तिवारी हुन् भने टेकेन्द्र शाहले यो भिडियो सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया