राजन क्षेत्री र लिला राई कोशी तरेपछि……! (भिडियाे)

ईटहरी । पुर्बेली लोकगित संगीतका क्षेत्रमा लामो समयदेखि अनवरत संघर्ष गर्दै आएकी लिला राई र सञ्चारकर्मी राजन क्षेत्रीको स्वरमा सजिएको “कोशी तरेर…लोकगीतको भिडियो सार्बजनिक भएको छ ।

धरान धनकुटा भेडेटार लगायतका दर्जनौ लोकगीत संगीत मार्फत पुर्बमा एकछत्र राज गरेकी लिला र गायक तथा सञ्चारकर्मी क्षेत्रीलाई यो गितमा दीपराज वालिङ पुर्बेली ले समेत साथ दिएका छन । क्षेत्रीको शब्द संगीतमा रहेको यो गीतमा कुन्दन राईको एरेञ्ज,पुर्बाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड र द वज क्रियशनले भिडियो निर्माण गरेको छ । सुनसरीकाे चताराका बिभिन्न रमणीय ठाँउमा छायांकन गरिएको यो भिडियोलाई धेरै गीतसंगीत प्रेमीहरुले रुचाएका छन ।

तपाईको प्रतिक्रिया