यी महिलाहरु भन्छन् २० रुपैयाँदेखि पुरुषसँग बस्यौँ, एक रातको ५ सय दिन्थे, रातभरी रुवाउँथे

काठमाडौं । नेपालमा महिला तथा पिछडीएकोमहिलाहरुको दर्दनाक कथा, २० रुपैयाँदेखि पुरुषसँग सुत्यौँ, नाईट बस्दा ५ सय दिन्थे, रातभरी रुवाउँथे समुदाय हिंसामा पिल्सिएको छ। यसको उदाहरण अझै पनि अन्धकारमा रहेको वादी समुदाय । सुदुर पश्चिमको वादी समुदायका महिलाहरुको कथा कहालीलाग्दो छ।उमेर पुगेका केहीले अहिले यौन पेशालाई छोडेर बसेका छन्। उनीहरुका अनुसार, समाजको उपल्लो वर्गका पुरुषहरुले वादी महिला भन्ने बित्तिकै आफ्नो हक जमाएर जबर्जस्ति गर्ने र परिवारको चरम गरिबीले उनीहरुलाई यौन पेशा अङ्गाल्न बाध्य बनायो।पहिले पहिले उनीहरुको समयमा उनीहरुको दर मात्र २० रुपैयाँ तोकिएको थियो। दिनभरमा १० जना भन्दा बढी आउने र आफ्ना गोप्य अंगहरुमा चोट पुग्ने, बिरामी हुने र त्यस्तो अवस्थामा पनि कामलाई निरन्तरता दिने आफ्नो कहालीलाग्दाे विगत उनीहरु सुनाउँछन्।

त्यो समयमा कण्डमको प्रयोग नहुने हुँदा उनीहरुका सन्तान जन्मिए, जसलाई उनीहरु बुवाको परिचय दिन सक्दैनन्। अहिले समय केहि फेरिएको छ, तर वादी समुदायका महिलालाई हेर्ने दृष्टिकोण भने फेरिएको छैन। पहिले-पहिले उनीहरुको दर २० रुपैयाँ थियो भने अहिले उनीहरुले ५र६ हजार पाउने गर्छन्।ग्राहकहरु रक्सी खाएर आउने, पिट्ने गर्ने अनुभव भने अहिलेको पुस्ताको पनि उस्तै छ। १४ वर्ष क किशोरी समेत यसको शिकार भैरहेका छन्। ५० ६० वर्ष उमेर पुगेका पुरुषले १४ १५ वर्षकी किशोरी खोज्दै आउने गरेको उनीहरु बताउँछन्। ताजाअपडेटबाट

Purbeli TV

तपाईको प्रतिक्रिया