यी चर्चित गायकले के भने यस्तोः के केटी आउने बाटोमा फूल नराखेर गोलभेँडा राख्ने त ? (भिडियो सहित)

गायक डिजेराज पौडेलले हालसम्म निकै चर्चा बटुलेका धेरै गीतहरु गाईसकेका छन् । गायक पौडेललाई तिमी आउने बाटोमा फूल रोपिदिएँ बोलको गीतले आधुनिक संगीतमा निकै चर्चित बनाइदियो ।  गायक पौडेलले छिट्टै रमाइलो गीत ओदानमा हाँडी बोलको गीत पनि बजारमा लिएर आउँदैछन् ।

२०६२ सालमा सम्बोधन एल्बम निकालेर साँगीतिक यात्रा सुरु गरेका गायक पौडेलले अहिलेसम्म करिब ९० वटा गीत गाईसकेका छन् । उनले गाएका केही गीतहरु चर्चित भएपछि नै उनको साँगीतिक यात्रा चुलियो । आफ्नो यो यात्रामा गायक पौडेल खुशी पनि छन् ।

भिडियो कुराकानीः

 

तपाईको प्रतिक्रिया