मोदी बस्ने हयातको ढोकासम्म पिच, त्यसपछि खाल्डै खाल्डो, मोदी आउदा ४ वर्षदेखि नबनेको सडक ४ दिनमा बन्यो

निर्माण कम्पनीको लापरवाहीका कारण नुवाकोटको ओखर पौवा कोल्पु सडक र मनकामना फिकुरे भाल्चे सडकको स्तर बृद्धिको काम अलपत्र परेको छ । सडक डिभिजन कार्यालय नुवाकोटबाट मनकामना फिकुरे भाल्चेसम्मको २० किलोमिटर सडक खण्डको स्तरबृद्धि गरी कालोपत्रे गर्नुपर्ने भएपनि अहिलेसम्म सडकको अवस्था यस्तो छ । निमार्ण कम्पनी आशिष लोहनी सुुर्यचन्द्र जेभीले १९ करोड ४६ लाखमा गत असारसम्म निर्माण सम्पन्न गर्ने गरी २०७२ सालमा जिम्मा लिएको थियो । तर म्याद सकिएपनि सडकको काम भने जस्ताको त्यस्तै छ । म्याद थप गर्नका लागि अहिले दैनिक २÷३ जना मजदुर मात्रै निर्माण स्थलमा देखिन्छन् ।

सडक डिभिजनबाट ४ करोड बजेट भने निकासा भैसकेको छ । यस्तै ओखर पौवा कोल्पु कुमरी नमुना जोड्ने १७ किलोमिटर सडकको अवस्था पनि उस्तै छ । सोही निमार्ण कम्पनीले जिम्मा पाएको यो सडकमा पनि काम बल्ल २० प्रतिशत मात्रै भएको छ तर बजेट भने ४० प्रतिशत अर्थात ७ करोड निकाशा भैसकेको छ । निमार्णसम्मपनका लागि तोकीएको समय सकिन २ महिना मात्रै बाँकी रहँदा निमार्ण कम्पनीले पछि गर्ने भन्दै बसेका छन् । स्थानीय जनप्रतिनिधिसमेत समयमै सडक निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दा गर्दा दिक्क भसके ।

जनप्रतिनिधि मात्रै होइन सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले समेत ठेकेदारलाई आँफुहरुले काम लगाउन नसकेको गुनासो गर्छन ।
निमार्ण व्यवसायी जनार्दन ढकाल एमालेबाट २०७० सालमा संविधानसभाका सदस्य थिए । सांसद समेत बनिसकेका ढकाल राजनीतिको आडमा पुर्वाधार निर्माणको जिम्मा लिने र अलपत्र छोड्ने गरेको स्थानीय बासिकोे गुनासो छ ।

PURBELI TV

तपाईको प्रतिक्रिया