मिस वर्ल्ड अप्डेट : यसरी हेर्न सकिन्छ लाईभ, मिस वर्ल्डको पेजबाट हेर्दा १ डलर, जुन भोटमा गनिने

ईटहरी/ चीनको सान्यामा जारी रहेको मिस वल्डको फाइन आज बेलुकी हुने भएको छ । हरेक नेपालीको आशा र चासोको विषय बनेकी श्रृंखलालाई मिस वल्ड घोषणा गरेको हेर्न चाहनेले फाइनल लाइभ आज बेलुकी नेपाली समय अनुसार पौने ५ बजेदेखि सुरु हुने भएको छ । फाइनलमा श्रंखला सहित ३० देशका प्रतियोगीले मिस वल्ड प्रतियोगीतामा प्रतिस्पर्धा गर्दैछन् ।

२ विधाको उपाधी जितेर फाइनलमा प्रवेश गरेकी श्रंखलाले मल्टिीमिडिया च्यालेन्ज र ब्युटी विथ अ प्रपोज दुई विधाको उपाधी जितिसकेकी छन् । अब श्रंखलालाई फाइनलम पुर्याउनको लागि यी दुई विधा मध्ये एक मात्र उत्कृष्ट भए श्रंखला मिस वल्ड हुने पक्का रहेको छ । मिस वल्डको लाइभ हेर्नको लागि मिस वल्को वेबसाइट मार्फत हेर्न सकिनेछ भने भारतीय च्यानल रोमेडी नाव मा पनि हेर्न सकिन्छ ।

मिस वल्डको अफिसियल वेबसाइटबाट हेर्नको लागि १ डलर तिर्नुपर्ने हुन्छ जुन रकम प्रतियोगीलाई भोट गर्नको लागि प्रयोग गरिनेछ । यसरी गरिएको भोट कति जनाको आयो भन्दा पनि कुन देशबाट कति कति आयो भन्ने हिसाबले भोट गणना गरिनेछ । यतिबेला श्रंखलाले आफुलाई भोट गरिदिन विश्वभर रहेका नेपालीहरुलाई आग्रह गरेकी छन् । उक्त भोटले श्रंखलाले पिपुल्स च्वाइस अवार्ड जित्न सफल हुनेछिन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…