मास्क पन्जा नलगाई कोराना संक्रमितलाई छोएरै जाच्ने आयुर्वेदिक चिकित्सक (भिडियो सहित)

न्युज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम सिधाकुरा जनता सँगका प्रस्तोता रवि लामिछाने लाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले केहि दिन अघि सामाजिक संञ्जाल मार्फत आफु र पत्नि निकितालाई संक्रमण भएको जानकारी दिएका थिए।

उनी अहिले होम आइसुलेसनमा रहि रहेको बेला आयुर्वेदीक चिकित्सकले आफ्नो उपचार बिना मास्क, बिना पन्जा शरीर जाँच गरे,हल्का दुखेको टाउको मिचेर गयको भनी जानकारी गराउदै लेख्छन्:-

“कोरोना संक्रमित भएर होम आइसोलेसनमा छु,एक आयुर्वेद चिकित्सकले बिना मास्क, बिना पन्जा शरीर जाँच गरे,हल्का दुखेको टाउको मिचेर गए। बिना मास्क,बिना पन्जा यसरी नै आफ्ना बिरामीको उपचार गर्ने गरेको बताए। बिना मास्क कोभिडको बिरामीलाई छोएरै जाँच? छोएरै उपचार???

आयुर्वेदिक चिकित्साकर्मी बि पी तिमल्सिनाले बिना मास्क,बिना पन्जा र बिना डर,कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेको मसंग प्रत्यक्ष सम्बाद गरेका छन्। आफ्नो खानपान र आयुर्वेदिक औषधि सेवनका कारण कोराना नसर्ने दावी गरेका छन्।यो रोचक विषय र अन्य सामग्री सहितको कार्यक्रम।

कोरोना भाइरसको संक्रणम हुँदा कसरी साबधानी अपनाउने ? कोरोना भाइरस के हो ? यसबारे यहाँ केही जानकारी प्रदान गरिएको छ । कोरोना भाइसरको वास्तविका नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

कोरोना भाइरसको लक्षण

–ज्वरो आउनु र खोकी लाग्नु,B–छिटोछिटो सास फेर्नु,–सास फेर्न गाह्रो हुने,–समयमा उपचार नभएका निमोनिया हुनु, –सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु, –मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।

कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ?

–नियमित रुपमा हात सफा गर्ने,– खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,–मासु र अण्डा राम्रोसँग पकाएर खाने, –कोरोना भाइरस लागेको लक्षण,देखिएका मानिसदेखि टाढा बस्ने ।

तपाईको प्रतिक्रिया