‘मलाई झुण्ड्याएर मार्नु’ … गोरेले पक्राउ पर्नु अघि जारी गरेको भिडियो टेप

पछिल्लो समय सुन तस्करीका नाइकेको रुपमा चर्चित चुडामणि उप्रेती ‘गोरे’ ले पक्राउ पर्नुअघि नेपाल मानव अधिकार संगठनका नाममा जीवन रक्षासहित आत्मसर्मपण गर्ने कार्यमा सहयोग गरिपाउँ भन्ने निवेदन दिनुको साथै भिडियो लाइभ मार्फत आफु निर्दोष रहेको जानकारी पनि दिएका छन् ।

जीवन रक्षाको मागसहित गोरेले बक्तब्यमा भनेका छन् – ‘हाल नेपालमा चर्चामा रहेको ३३ किलो सुन प्रकरणमा मलाइ मात्र दोषी देखाई विभिन्न पक्ष तथा ब्यक्तीहरुले मेरै ज्यान लिनेसम्मको घटना घटाई अनुसन्धानमा रहेको विषयमा आफ्ना कुरा राख्न समेत बञ्चितगराउने र दोष जति सबै मेरो थाप्लामा हाल्ने देखिएकोले म आफ्नो राय राख्न तथा म सँग भएका प्रमाणहरु सम्बन्धित अदालत वा छानमिन समिति समक्ष राख्न चाहान्छु ।’

Purbeli TV

तपाईको प्रतिक्रिया