बुगी वुगी’ शो को विवाद सतहमै छताछुल्ल, यस्तो आरोपसहित निकालिए भिजे, जजहरुसँग पनि आयोजकको खटपट (भिडियो)

काठमाडौं /  एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको डान्स रियालिटी सो ‘बुगी वुगी’ शो भित्र देखिएको विवाद छताछुल्ल भएको छ । कार्यक्रम सञ्चालक (भिजे) देखि लिएर जजहरुसम्म समेत विवाद तानिएको छ । कार्यक्रमका प्रजेक्ट हेड शुरेश पौडेल, डाइरेक्टर एलेन श्रेष्ठ, माकेटिङ बिकाश लामिछानेदेखि शम्भु गुराँरागाईंसम्मले ‘बुगी वुगी’ मा देखिएको विवादबारे आफ्ना धारणा सार्वजनिक गरेका छन् । प्रोजेक्ट हेड शुरेश पौडेलले ‘बुगी वुगी’ मा देखिएको विवाद सवीकार गरे ।

उनले भिजेको बारेमा सुरुवातदेखि नै विवाद देखिएको समेत खुलासा गरे । त्यस्तै, प्रोजेक्ट हेड पौडेलले जजहरुप्रति समेत असन्तुष्टि व्यक्त गरे । उनले नायिका प्रियंका कार्कीदेखि कविराज गहतराजसम्मको कार्यशैलीप्रति समेत असन्तुष्टि समेत व्यक्त गरे  । उनले कविराज र प्रियंकाको समयले आफूहरुलाई निकै अफ्ठेरो पारेको बताए । आफूहरुले प्रियंकाको समय अनुसार आफूहरुले कार्यक्रम सेट गर्नुपरेको उनको दुखेसो छ । यद्यपि, दिलिपले भने समय दिईरहेको उनले बताए ।

कविराज गहतराजले एक कन्टेष्टेन्टको लागि कार्यक्रम नै छोड्छु भनेको पौडेलले स्वीकार गरे । पछिल्लो समय कार्यक्रमबाट हटाईएका दुई भिजेको बारेमा समेत पौडेल खुलेर प्रस्तुत भए । उनले सुरुवातदेखि नै उनीहरुकोबारेमा सुरुदेखि नै दर्शकले एंकरको बारेमा असन्तुष्टि जनाएको बताए ।  त्यस्तै, डाईरेक्टर एलेन श्रेष्ठले नेपाल आइडल जति ‘बुगी वुगी’ को बजारमा चार्म नरहेको स्वीकार गरे । त्यस्तै, मार्केटिङका बिकाश लामिछानेले नेपाल आइडलको तुलनामा ‘बुगी वुगी’ मा पैसा उठाउन नसकेको स्वीकार गरे । उनले नेपाल आइडलपछि दोस्रो टिआरपी ‘बुगी वुगी’कार्यक्रममा भएको प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया