बन्ला त ‘बोल माया-२’ ? प्रकाश सपुतले गरे खुलासा (भिडियो सहित)

ईटहरी / ‘बोल माया’ गीतका सर्जक तथा गायक प्रकाश सपुतले बोल माया गीतको दोस्रो भाग तत्कान नआउने बताएका छन् । उनले भनेका छन् बोल माया गीतको भिडियो आफैमा पूर्ण छ । यसलाई अब कसरी दोस्रो भागको रुपमा ल्याउने त्यसको बारेमा सोचेको छु तर तत्कालै त्यो बजारमा आउँदैन ।

अन्र्तवार्ताको क्रममा उनले बोल माया गीतको अडियो बन्नु पूर्व नै भिडियोको कन्सेप्ट बनाएको समेत खुलासा गरे । भिडियो बनाउँन धेरै दुःख गरिएको स्मरण गर्दै सपुत भन्छन् ‘यो गीतले यति धेरै स्थान पाउला जस्तो लागेको थिएन’ । उनले बाल्यकालमा गाउँकै मेलामा पनि यस्तो बियोगान्त गीतहरु गाएको स्मरण गरे ।

Purbeli TV

तपाईको प्रतिक्रिया