‘बटरफ्लाई’ टाईटल गीत रिलिज, प्रीयंकालाई भेट्न हस्पिटल पुगे घाइते आर्यन

ईटहरी/ अहिलेका ब्यस्त नायक नायिका बनेका आर्यन अधिकारी र प्रीयंका कार्की अभिनित फिल्म ‘बटरफ्लाई’ को टाईटल गीतको भिडियो सार्बजनिक भएको छ । स्याड भर्सनमा सार्बजनिक गीतमा फिल्मका नायक आर्यान र नायिका प्रीयंका फिचर भएका छन् । प्रीयंका हस्पिटलको बेडमा छट्पटाउदै र आर्यान घाईते अवस्थामा गाडी चलाउदै गर्दा बिगत सम्झिदै गर्दा भिडियो सकिन्छ ।

रंगिन मायामा आएको उतारचढावको मुख्य पाटोको रुपमा यो भिडियोलाई हेर्न सकिन्छ । सार्बजनिक भिडियोको गीतलाई गायक युवराज चौलागाईंले गाएका हुन् भने गीतमा बिकास चौधरीको संगीत रहेको छ । सुरज लामिछानेको सब्द रहेको गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् भने कबिराज गहतराजले कोरियोग्राफी गरेको भिडियो यस्तो बनेको छ ।

द फ्रेम क्रीयसनको प्रस्तुतिमा बनेको ‘बटरफ्लाई’ को रिलिज मिति अब कत्ती पनि टाढा छैन । तर हालसम्म पनि फिल्मका मुख्य कलाकार द्वय आर्यान ‘बाध मायाले’ र प्रीयंका ‘लिलिबिली’ फिल्मको छायांकनमै ब्यस्त छन् । ब्यस्तताको कारण यी मुख्य कलाकारहरूले आफ्नै उपस्तिथिमा भनेजस्तो प्रचारप्रसार गर्न पाएका छैनन् । यद्यपि सामाजिक संजालमा भने प्रचारमा सक्रिय नै छन् ।

ओम प्रतीक गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई पुष्पान्जली अधिकारी, रामशरण राना,  भुपेन्द्र सुबेदिले निर्माण गरेका हुन् । बटरफ्लाईको सहायक निर्माता सरोज शाह र मनदिल श्रेष्ठ हुन् भने रमेश प्रजापती कार्यकारी निर्माता हुन् । फिल्ममा आर्यन र प्रीयंकाको अलावा अर्पण थापा, रबिन्द्र खड्का, पुरण थापा, सुष्मा कार्की, सुरबिर पण्डित, मोहन निरौला, राम बुढाथोकी, माधब पण्डित लगायत कालाकारहरुको अभिनय रहेको छ । सुरेश ब्रजचार्यले खिचेको फिल्म यहि पौष २८ गतेबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आउदै छ ।

तपाईको प्रतिक्रिया