प्रहरी इन्काउन्टरमा यसरी मारिएका थिए मनोज पुन ( तस्विर तथा भिडियो)

प्रहरी इन्काउन्टरमा रुपन्देहीको देवदहमा चर्चित गुन्डा नाइके मनोज पुन र उनका सहयोगी मारिएका छन् । बुधबार विहान चितवन छिर्नका लागि लुकिछिपी हिंडिरेको अवस्थामा देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुंदा पुन भाग्ने खोजका थिए । प्रहरीले पक्राउ गर्ने क्रममा पुनले प्रहरीलाई नै आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा उनीहरु मारिएका हुन् ।

मनोजलाइ प्रहरीको १२ ओटा गोली लागेको छ । शरीरको अघिल्लो भागमा मात्रै ८ वटा गोली लागेको थियो । तिघ्रामा २, पाखुरामा १ र ढाडमा १ गोली लागेको छ। त्यस्तै सोम आलेको शरीरमा १० गोली लागेको छन्। प्रहरीका अनुसार छातिमा ५, दाढ, पेट, खुट्टा र बाया कोखामा उनलाई गोली हानिएको छ।

कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । उनले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा लिएका थिए । साथै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनकै संलग्नता देखिएको थियो ।

PURBELI TV

तपाईको प्रतिक्रिया