प्रमोद खरेल र कविता शिवाकोटीको आवाजमा “टालाटुली बाटुली ” भिडियो सहित

काठमान्डौँ / नेपाली आधुनिक गायनको क्षेत्रमा आफनो विशिष्ट छवि बनाइसकेका गायक प्रमोद खरेल र गायिका कविता शिवाकोटीको सुमधुर आवाजमा “टालाटुली बाटुली ” म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा बाल्यकालको अवस्थाको बारेमा चित्रण गरेको छ । विगतलाई सम्झिदै त्यो रमाइलो गरेको कुरा लाई गीतको माध्यमबाट पोखिएको छ ।

किरण के उप्रेतीको शब्द र पुस्कर सुनुवारको सङ्गीत रहेको गीतलाई सन्जिव बराइलीले एरेन्ज गरेका छन । सो म्युजिक भिडियोमा राजकुमार दर्जि र मनिशा शिरिष मगर ले अभिनय गरेका छन । काजिश श्रेष्ठले भिडियोको निर्देशन गरेका हुन् । अजय रेग्मीले भिडियोलाई छायाँकन गरेका हुन भने भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया