धुर्मुस भने, “यदि मैले १ रुपैया पनि हिनामिना गरेको भेट्नु भयो भने प्रमाण दिनुस म त्यसैदिन यो धर्ति छोड्दिन्छु” (भिडियोसहित)

काठमाडौ – कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले एक पैसा पनि हिनामिना गरेको भए आफु यो धर्तीमा नरहने बताएका छन् । काठमाण्डौको वीर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले यदी एक पैसा पनि हिनामिना भएको भए यो धर्तीमा नहरने बताएका हुन् ।

निकै भावुक बनेका उनले पारदर्शी रुपमा काम गर्दा लाग्ने आरोपले निकै मन दुख्ने गरेको बताएका छन् । सरकारी अस्पताल सफाईको लागि धुर्मुस सुन्तली फाउण्डेसशनले चन्दा संकलन गरेको आरोप लगाएपछि उनले भावुक हुँदै अहिले सम्म कुनै पनि प्रयोजनका लागि उठाइएको रकम एक पैसा पनि हिनामिना भएको दाबी गरेका थिए । उनी आफ्नौ भनाई राख्ने बेलामा किनै भावुवक भएका थिए । हेर्नुहोस् पुरा भिडियो

Purbeli TV

 

तपाईको प्रतिक्रिया