नेपालको मन्दिरमा सुनको छाना थियो,युरोप,अमेरिका नेपालभन्दा गरिब थिए : राजेन्द्र श्रेष्ठ

संघीय समाजवादी फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले स्व.मदन भण्डारीको आकस्मिक दुर्घटना भएर निधन भएको नभई नियोजित रुपमा षडयन्त्र गरिएर हत्या भएको त्यतिबेलाको दुर्घटनास्थल अवलोकनमा देखिएको सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा कुरा गर्दै बताए। प्रधानमन्त्री ओलीले मदन भण्डारीको निधनपछि त्यसलाई हत्या नै भनेर ठोकुवा गरेको र अहिले मदन भण्डारी पत्नी विधादेवी भण्डारी राष्ट्रपती र हत्या भनेर ठोकुवा गर्ने ओली प्रधानमन्त्री तथा पार्टी अध्यक्ष भएको बेलामा त्यसलाई छानविन नगर्नु अस्वभाविक भएको श्रेष्ठले बताए। श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले नेपालमा संघीयता काम नभएको र यो नटिक्ने भनेको कुरापनि सम्झिए।

श्रेष्ठ अगाडि भन्छन्- ‘नेपाली कम्युनिस्ट आन्दोलनका महान् नेता स्व. पुष्पलाल श्रेष्ठ हुन्।उनले नै नेपालमा पहिलोपटक गणतन्त्रको उद्घोष गरेका हुन्।गणतन्त्रको पहिले प्रवक्ता पुष्पलाल भएको ठोकुवा श्रेष्ठले गरे।’ उत्पिडित,पिछडिएका जाती, बर्ग, समुदायलाई केन्द्र सरकारसँग जोड्न नसक्दा नेपालभित्र जातीय द्धन्द बढ्ने श्रेष्ठको बुझाई छ।

इतिहासको प्रसंग कोट्याउदै श्रेष्ठले भने-‘नेपालको पशुपतिनाथ लगायत अन्य मन्दिरहरूमा सुनको गजुर थियो तर त्यतिबेला आजका विकसित देशहरू अमेरिका,अष्ट्रेलिया नेपाल भन्दा गरिव थिए।नेपालमा जस्तो सुनका गजुर,छाना भएका दरवारहरु त्यतिबेलाका विकसित भनिएका युरोपमा पनि थिएन।त्यतिबेला नेपालको समृद्धि विश्वमा चर्चा हुने गर्थ्यो।त्यस्तो धनी र समृद्ध मुलुक बर्बाद पार्नमा २०४६ सालपछि लगातार पच्चीस बर्ष देशमा शासन गर्ने कांग्रेस र कम्युनिस्टले लिनुपर्छ।’ पानाखबर

हेर्नुहोस् श्रेष्ठसँगको कुराकानी

Purbeli TV

तपाईको प्रतिक्रिया