नेपालकै होची दावी गरिएकी प्रकासपुरकी कल्पना (भिडियाे)

सुनसरीको प्रकासपुरमा रहेको प्रकासपुर डोबर इंगलीस एकेडेमीमा कक्षा ९ मा अध्ययनरत १७ वर्षिया किशोरी कल्पना कविरथ संभ्वत नेपालकै होची रहेको दावी गरिएको छ ।बराहक्षेत्र ९ प्रकासपुरको जुँगेचौक स्थायी घर भएकी अल्पसंख्यक कविरथ समुदायकी किशोरी कल्पनाको उचाई २९ इन्च मात्र रहेको वताइएको हो ।

कल्पना अध्ययनरत विद्यालयका शिक्षक तथा उनका आफन्त लक्ष्मण कविरथले उनको उचाई २९ इन्च मात्र रहेको वताएका छन । २९ इन्च मात्र होची कल्पनाको पढ्ने रहरका कारण पढाईलाई निरन्तरता दिदै आएको वताउछिन । पढ्ने इच्छा भएको कारण विद्यालय आउन सहयोगी लिएर साईकलमा आउने गरेको उनले वताइन । पढाईमा अब्वल रहेकी कल्पना होचो कद र परिवार सामान्य रहेकोका कारण विद्यालयले उनलाई निशुल्क रुपमा पढाई रहेको विद्यालयका निर्देशक रविन घिमीरेले जानकारी दिए । सहयोगी विना विद्यालय सम्म आउन समेत कठीनाई हुने कल्पनालाई राज्यले समेत सहयोग गरेर हैसाल प्रदान गर्नु पर्ने घिमीरेको वुझाई रहेको छ ।

सामान्य परिवारमा जन्मीएकी कल्पना बावुआमाका अन्य सन्तान भने सामान्य रहेको उनले जानकारी दिईन । रोजगारीका लागि विगत १५वर्ष देखि कल्पनाका बावु दिपक कतारमा रहेको र आफुले प्रत्येक चार महिनामा २४ सय भन्दा वढी राज्य तर्फबाट सहयोग नपाएको उनले वताइन ।

तपाईको प्रतिक्रिया