नेकपा नेताद्वारा हत्या गरिएकी रमिलाको देबीथानमा अन्तिम संस्कार (भिडियाे)

माेरङ। नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङले हत्या गरी कोशीमा फालिएकी मोरङको बेलबारी ४ की २६ बर्षिया रमिला राईको हत्या भएको २७ दिनपछि अन्तिम संस्कार गरिएको छ । बुधबार कोशीमा बोरामा हातखुट्टा बाँधिएको अबस्थामा भेटिएकी रमिलाको बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम पछि बिहिबार स्थानीय देबिथान सामुदायिक बन उपभोत्ता समुहको जंगल क्षेत्रमा अन्तिम दाहसंस्कार गरिएको छ । उनको अन्तिम संस्कारमा स्थानीयको बाक्लो भिड जम्मा भएको थियो ।

यस्तो थियो घटना बिवरण

स्थानीय २६ बर्षिया रमिला राई गायब भएपछि सोही घटनाको अनुसन्धानका लागी नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङलाई ईलाका प्रहरी कार्यलय बेलबारीको टोलीले ईलामबाट पक्राउ गरेकाे थियाे । युवती हराएपछि गुरुङले ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईलाई फोन गरी तनाव भयो,गर्लफ्रेण्ड हराई भन्दै फोन गरेको र अनुसन्धानको सुई उनीतिरै सोझिएपछि केही वकिलको सल्लाहमा उनी भागेको उनले बयान दिएको प्रहरीले बताएको छ ।

बेलबारी ४ बुधबारे निबासी ति महिला पहिलो श्रीमान सँग सम्बन्ध बिच्छेद गरेर माईतीघरमा बस्दै आएकी थिईन । गुरुङका भने श्रीमती र छोराहरु काठमाण्डौमा बस्दै आएका छन । गुरुङ नेकपा एमालेका पुर्ब बेलबारी अध्यक्ष,नोबेल अस्पताल बेलबारीका अध्यक्ष तथा एक साझेदारी बनका समेत अध्यक्ष हुन । घटना भएको दिन योगेन्द्रले रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर घरबाट दोहोरीमा जाने भन्दै निस्किएका थिए । सो दिन उनीहरु विराटचौक स्थित हवाना रेष्टुरेण्टमा गएको खुलेको छ । शुक्रबार राति ११ बजेतिर योगेन्द्रले सबैलाई लिएर घर फर्किए । उनले रमिलाकै घर छेउमा रहेकी महिला र सोही टोलका युवकलाई छोडीदिए तर रमिलालाई भने गाडीमै लिएर गएका थिए ।

शुक्रबार निस्केकी रमिला शनिबार विहानपनि घरमा नआएपछि भने परिवारका सदस्यले खोजी गर्न थाले । रमिलाकी वहिनीले योगेन्द्रलाई फोन गरेर सोधिन । योगेन्द्रले राति साढे ११ बजेतिरै रमिलाको घर नजिकै छोडिदिएको जवाफ दिए । तर,रमिला घर आएकी थिइनन् ।

रमिला घर नआएको भनेर परिवारले फोन गरेपछि शनिबार विहानै योगेन्द्र आफै पनि रमिलाको घर आएका थिए । त्यसदिन योगेन्द्र ३ पटक सम्म रमिलाको घरमा गएको र केही पत्ता नलागेपछि योगेन्द्रकै सल्लाह अनुसार प्रहरीमा हुलिया दिएका थिए । युवती हराएपछि योगेन्द्र आफैले पनि इप्रका बेलबारीका इन्स्पेक्टरलाई फोन गरेर मेरी गर्लफेण्ड हराइन, तनाव भयो भनेका थिए ।

युवतीका परिवारको दवावपछि योगेन्द्रले युवतीलाई घरमै बन्धक बनाएर राखेको आशंकामा बेलबारी ४ स्थित योगेन्द्रको घरमा प्रहरीले फागुन २० गते सोमबार खानतलासी गरेको थियो । खानतलासीका क्रममा केही नभेटिएपछि प्रहरी र आफन्तहरु फर्किएका थिए । त्यसको भोलीपल्ट मंगलबार दुवैपक्षविच इलाका प्रहरी कार्यालय बेलबारीमा छलफल समेत चलेको थियो । छलफलका क्रममा ३ दिनसम्म दुवैपक्षले युवतीको खोजतलास गर्ने सहमति बनेको थियो । राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा सुनसरी प्रहरीको सहयोगमा मोरङ प्रहरीले राईको शव खोज्न एक साता बढी विशेष टोलि परिचालन गरिएपनि बुधबार कोशी ब्यारेजका स्थानीय युवाहरुको सहयोगमा राईको शव सप्तकोसी नदि बाट फेला पारिएको हो । नदिमा बोरामा शव देखेपछि स्थानीयहरुले प्रहरी लाई खबर गरेका थिए । पछि स्थानीय प्रहरीको अनुरोधमा कोशी ब्यारेजका तीनजना युवकले उक्त महिलाको शव करिब डेढ घन्टा लगाएर डुङ्गाको सहयोगमा नदिबाट बाहिर निकालेका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…