दुर्गा प्रसाईंको विवादास्प अभिव्यक्ति– बंगलादेश पढ्न गएका नेपाली चेलीमाथि हुन्छ यौन शोषण (भिडियो)

काठमाडौं । नेपालमा मेडिकल कलेज सञ्चालनक गर्ने विषयमा विवाद भइरहेका बेला एक मेडिकल सञ्चालक दूर्गा प्रसाईंले विवादास्पद अभिव्यक्ति दिएका छन् । डा. गोविन्द केसीको अनशनप्रति तिखो अभिव्यक्ति दिएर विवादमा परिसकेका झापास्थित विर्तामोडमा रहेका बिएण्ड सी मेडिकल सञ्चालक दूर्गा प्रसाईंले फेरि विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका नातेदार तथा नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र भनिएका उनले चिकित्सा शिक्षा अध्ययनका लागि बंगलादेश पुगेका नेपाली चेलीहरुको चरित्रमा प्रश्न उब्जाएर अभिव्यक्ति दिएका हुन् ।

चिकित्सा शिक्षा एम. बी. बी. एस. अध्ययन गर्ने बंगलादेश पुगेका नेपाली चेलीहरुमाथि त्यहाँका प्रोफेसरहरुले यौन शोषण गर्ने गरेको उनले आरोप लगाए । ‘एमबीबीएस अध्ययन गर्न गएका केटाहरु ५ वर्षमा फर्कन्छन्, केटीहरु फर्कन ९ वर्ष लाग्छ, किन ?’, प्रसाईंले अगाडि थपे, त्यहाँका (बंगलादेशका) प्रोफेसरहरुले करणी गरेर राख्या छन् ।’

उनको सो अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ । विभिन्न विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् भने पत्रकार विजयकुमार पाण्डेले उनलाई कारबाही गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोधसहित मेन्सन गर्दै ट्वीट गरेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया