ताइवानमा चंगाले ३ वर्षकी बालिका उडाएपछि . . . (भिडियो सहित)

ताइवानको अन्तर्राष्ट्रिय चंगा फेस्टिबल निकै रोमान्चक हुने गर्दछ । तर आइतबारको चंगा फेस्टिबल रमाइलो हुँदैगर्दा डरलाग्दो हुनपुग्यो ।

राजधानी ताइपेइको सिन्चु शहरमा आयोजना भएको चंगा फेस्टिबलमा एउटा ठूलो चंगाले ३ वर्षकी बालिलाई उडाएपछि फेस्टिबलमा ठूलो हलचल मच्चिएको थियो ।

सार्वजनिक भिडियोमा देखिएअनुसार ठूलो चंगा उडाइँदा पुच्छरले बालिकालाई सँगै उडाउँछ। मानिसहरु भिडियोमा अत्तालिएको देखिएको छ ।

ठूलो चंगाको पुच्छरमा अड्किएकी बालिका झन्डै ३० सेकेन्ड हावामै उडिरहन्छिन्। केहीबेरमै उनलाई भुँइमा झारिन्छ र उद्धार गरिन्छ । उनले कसरी पुच्छर अठ्याइन् अथवा उनी कसरी पुच्छरमा पुगिन भनेर हाल सबै चकित बनेका छन् । यस घटनामा बालिका सामान्य घाइते मात्र भएको बताइएको छ। हाल उनी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकिन्। एजेन्सी
भिडियो . . .

तपाईको प्रतिक्रिया