गोरुको पनि निकालियो शव

बिहारको गया जिल्लाको बडा बजार क्षेत्रमा शनिबार रोचक दृश्य देखियो । हर–हर महादेवको नारासहित ढोलकको तालबीच एक गोरुको शव यात्रा निकालियो । भाईचाराको उदाहरण पेश गर्दै शव यात्रामा हिन्दु र मुस्लिम दुवै समुदायका १५० जना मलामी सामेल थिए । गोरुको शव एउटा बेलगाडामा राखिएको थियो र शवलाई कात्रो र फूलले सजाइएको थियो । स्थानीयले शवलाई पूरै बजारमा घुमाएका थिए । करीब १० वर्षको उक्त गोरुलाई केही ‘बादशाह’ भनेर बोलाउँथे भने केही ‘डन’ ।

बजारमा उपस्थित केही व्यक्तिका अनुसार शहरबाट एक व्यवसायीले यो गोरुलाई लिएर आएका थिए । चंचल यादवको बजारमा ग्याँस चुल्होको पसल छ । उनले भने, ‘बिहान हामीले यस गोरुको मुखबाट फिँज निक्लिरहेको देख्यौँ । यो एक ठाउँबाट अर्को ठाउँ कुदिरहेको थियो । केही समयपछि त्यो भूइँमा ढल्यो । हामीले डाक्टरलाई पनि बोलयौँ । तर, हामीले बचाउन सकेनौँ ।’ डाक्टरका अनुसार गोरुको निधन विषाक्त औषधीका कारण भएको हो ।

गोरुको मृत्युपछि स्थानीयले बैठक डाकेर विधिपूर्वक अन्तिम संस्कार गर्ने निर्णय गरे । स्थानीयका अनुसार सो गोरुको शवलाई बजारबाट आधा किलोमिटर टाढा गाडिएको थियो । बडा बजारका स्थानीयले केही वर्षअघि यसरीनै गोरुको अन्तिम संस्कार गरेका थिए । दुई वर्षअघि करेन्ट लागेर एक बाँदरको निधन हुँदा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरेर त्यहाँ मन्दिर पनि स्थापना गरिएको थियो । इताजाखबरबाट

Purbeli TV

तपाईको प्रतिक्रिया