गायक नवीन पौडेलको ” छोरिलाइ जोगाउनै गाह्रो” (भिडियाे)

गायक नवीन पौडेलको “बैष अाकाे छाेरीलार्इ” सार्वजानिक भएकाे छ । समाजका बिकृती बिसङ्गती कुरितिहरुलाइ जस्ताको तस्तै गीतमा उतारेर सम्पुर्ण नेपालिको मन मनमा बस्न सफल गायक पौडेलकाे “बैष अाकाे छाेरीलार्इ” सार्वजानिक भएकाे हाे । महिला पुरुष एक रथको दुई पाङग्रा भए पनि त्यस सम्बन्ध बिचको समस्यालाई गितमा समेटिएको छ ।

बैँस आकी छोरीमा नवीन पौडेलको लय शब्द अनि स्वर रहेको छ। पुर्णकला बिसि र भुमिका शाहले स्वरमा साथ दिएका छन।  चर्चित हास्य कलाकार शिबहरी पौडेलको जिवन्त अभिनय हेर्न सकिन्छ। आमाको भुमिकामा रेखा थापा र छोरिको भुमिकामा टीका जैशिले साथ दिएका छन। यो गीतलाइ रक्षा म्युजिकले बजारमा ल्याएको छ। गितलाई स्रोता तथा दर्शकको मायाले नै आफुलाई आजको स्थानमा ल्याई पुर्याएको नविनले बताएका छन् । आगामी दिनमा समाजमा भएका यथार्थपरक घटनालाई लिएर गित गाउने उनको भनाई छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया