गाई काटेर खान्छु भन्नेहरुले किन कुकुर काटेर खान्छु भन्दैनन ?: संसद राजेन्द्र लिङ्देन (भिडियो )

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका एक मात्र संसद राजेन्द्र लिङ्देनले गाई काटेर खानु प्रति घोर बिरोध र आपत्ति जनाएका छन्। उपसभामुख राधिका तामाङ्गले गाई काटेर खानु पाउनु पर्छ भन्ने कुरा भने पनि नभने पनि यो अशोभनीय छ ।

अहिलेको शताब्दीमा गाइ मात्रै हैन कुनै पनि जनावरलाई काटेर खानु हुदैन । पशु अधिकार को कुराहरु छन् त्यसैले पनि यस्तो कुरा गर्नु उचित छैन । त्यसै माथि राष्ट्रिय जनावर गाई खानु पाउनु पर्छ भनेर भन्नु निन्दनीय छ । भत्सना पूर्ण छ । सडकहरुमा बग्रेल्ती छाडा छोडिएको गाइगोरु मात्रै हैन त्यतिकै मात्रामा कुकुर पनि छन् के त्यसलाई पनि काटेर खानु पाइन्छ त ? पाइदैन नि ! त्यसैले कुनै पनि जनावर काटेर खानु पाउनु पर्छ भनेर नारा लगाउनु निन्दनीय छ । संविधानमा जे व्यस्था छ त्यहि अनुसार राष्ट्रिय जनावर गाई काटेर खानु पाइदैन ।

तपाईको प्रतिक्रिया