धनकुटामा केटाले केटी बनेर बिहे गरेपछि दुलहा दुलही पक्राउ

सामान्यतया केटा र केटीवीच बिवाह हुन्छ । केटाले केटासँगै बिबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, धनकुटामा केटीको भेष बदलेर केटाले केटासँगै बिहे गरेको घटना सार्वजनिक भएको छ । घटना धनकुटाको शहिदभूमी गाउँपालिका स्थित छिन्ताङको हो ।भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ बर्षीय राजकुमार राईले केटीको भेष बदलेर छिन्ताङ मुलधावाका २७ बर्षीय बिपिन राईसँग बिबाह गरेका हुन् । ठगी गर्ने मनसायले घटना भएको छिन्ताङ प्रहरी चौकीका प्रहरी नायव निरिक्षक भीम बर्देवा ले जानकारी दिए ।

केटी जस्तो बनेर बिवाह गरी झुक्याई स्थानीयलाई ठगी गर्न थालेपछि राजकुमारलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । उनको ठग्ने शैली देखेर स्थानीयसँगै प्रहरी पनि आश्चर्यमा परेको छ । अनुहार हेर्दा युवती जस्तो देखिने ती युवकले नाटकीय शैलीमा ठगी गरेकोे पाईएको बर्देवाको भनाई छ । अहिले राईद्धयलाई जिल्ला प्रहरी कार्यलयमा झिकाएर अनुसन्धान भईरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार केही समय अघि विपिन बैदेशिक रोजगारीका शिलसिलमा भारतमा भएका बेला फेसबुकमार्फत उनीहरुवीच चिनजान भएको थियो । राजकुमारले केटी जस्तो बनेर बिपिनसँग सम्बन्ध बिस्तार गरे ।

बिपिन स्वदेश फिर्किएपछि उनीहरुले भागी बिवाह गरेका हुन ।तर, बिबाह गरेर ल्याईएको मान्छे केटा हो भनेर बिपिनले विवाह पश्चात मात्र पत्तो पाए । गाउँलेले थाहा पाउँदा बेईज्जत हुने डरले गुपचुप बसेको बिपिन बताउँछन् । आफुहरुवीच आर्थिक लेनदेनको बिषय रहेकाले त्यो टुंग्याएपछि छुट्ने तयारी गरेको बिपिनको दाबी छ ।दुलही बनेर आएका राजकुमार केटीको कपडा लगाएर बस्ने गर्थे । स्वर पनि केटीको जस्तै बनाएर बोल्ने गरेका थिए । लामो कपाल पालेर केटी जस्तै देखिने उनी छिमेकीहरुसँग पैसा सापटी माग्दै हिड्ने गरेका थिए । तर, भोजपुर स्थित घरबाट खोजि भएपछि उनी केटी नभई केटा हुन् भन्ने कुराको पर्दाफास भएको हो ।

राजकुमारले अर्कै केटीसँग बिवाह गरी डेढ बर्षको छोरासमेत रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।राजकुमारले छिन्ताङमा भेष बदलेर ठगी गर्दै हिडेको थाहा पाएपछि पक्राउ गरी प्रहरीमा बुझाईएको स्थानीय भरतसिंह राईले बताए । स्थानीय बम कार्कीले दिएको जानकारी अनुसार दुलही बनेर आएका उनले धेरै स्थानीयसँग पैसा सापटी मागेर लगेका छन् ।तर, कसैको पनि सापटी रकम फर्काईएको छैन । सापटी माग्दै रकम कुम्ल्याएर भाग्न खोजेको स्थानीयको आशंका छ । टिभी अन्नपूर्णबाट

PURBELI TV

तपाईको प्रतिक्रिया