किन खाने दर ? दरका रूपमा के खाने र के नखाने ? (भिडियाे सहित)

इटहरी / पतिगृहमा सासुको बुहार्तनबाट शरीर क्षीण भएका छोरीचेलीलाई माइतघरमा बोलाएर एक छाक भए पनि मिठोमसिनो र पौष्टिक चिजबीज खुवाएर भोलिपल्ट पर्ने तीजको निराहार व्रतका निमित्त दरो बनाउने उद्देश्यले दर खुवाउने चलन चलेको हो । सूचना र सञ्चारसम्पर्कभन्दा टाढा रहेका दिदीबहिनीलाई दाजुभाइ गएर उनका सासुससुरा र पतिसित बिन्तीभाउ गरी माइतघरमा लिइआउने गर्दथे र दरखाने राती परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर दुःखसुखका कुराकानी गर्दै दर खाने गर्दथे ।

अहिले परिवेश फेरिएको छ, हिजो बुहारीहरू झैं अहिलेका चेलीबेटीले बुहार्तन खेप्नु पनि पर्दैन र भलाकुसारी गर्न तीज कहिले आउँछ भनीका कुर्नु पनि पर्दैन । त्यसैले होला, परम्परामा पहिलेपहिले तीजको अघिल्लो रात दरखाने गरिएपनि हिजोआज खासगरी सहरबजारमा आलोपालो गरी पहिलेदेखिनै दर खाने नाममा तडकभडक गर्ने चलन बसेको छ ।

तपाईको प्रतिक्रिया

Loading…