कर्मठको चुनाबी भिडियो सार्वजनिक

लेटाङ। दोस्रो चरणको स्थानीय तहको चुनाब नजिकिएसँगै मोरङको लेटाङ नगरपालिका युवाहरुद्वारा सञ्चालित कर्मठ युवा नेपालले चेतनामुलक भिडियो सार्वजनिक गरेको छ । उक्त सामाजिक संस्थाले हाम्रालाई हैन राम्रालाई, व्यक्तिलाई हैन बिचारलाई भन्ने मुख्य उदेश्य बोकेर उक्त भिडियो निर्माण गरेको कर्मठ युवा नेपालका अध्यक्ष बिबेक राइले बताए ।

छोटो समयमा उल्लेखनीय काम गर्दै आएको कर्मठ युवा नेपालले लेटाङको सामाजिक क्षेत्रमा सिर्जनात्मक र रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया